कान्छीमायालाई पतिले लात्ती प्रहार गर्दा पिँडीबाट आँगनमा बजारिएपछि…

0
343

घरायसी विषयमा झै-झगडामा  कुटपिट हुँदा रसुवा नौकुण्ड  गाउँपालिका-५ भोर्लेडाँडा टोल बस्ने ६५ वर्षीया कान्छी माया गमदानको मृत्यु भएको छ । घटनामा प्रहरीले उनको पतिलाई पक्राउ गरेको छ ।

आपसी झगडामा उनकै पति ७८ वर्षीय बुद्धीबहादुर गमदानले शनिबार बिहान कान्छीमायालाई लात्ती प्रहार गर्दा पिँडीबाट आँगनमा बजारिन गई गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट पठाएकोमा उपचारको क्रममा शनिबार बेलुकी उनको मृत्यु भएको हो । कुटपिटमा संलग्न बुद्धीलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here