भेडेटारबट उडेको प्याराग्लाइडिड दुर्घटना

0
581

सुनसरी,
आइतबार दिउँसो आएको हावाहुरीका कारण भेडेटारबट उडेको प्याराग्लाइडिड दुर्घटना भएको छ । दुर्घटनामा परी धरान उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष रोशन अधिकारी घाइते भएका छन् ।

वडा अध्यक्ष अधिकारी आफैले उडाएको प्याराग्लाइडिङ धरान अवतरण गर्ने क्रममा अचानक चलेको हावाहुरीले उडाइर सप्तकोशी पारी उदयपुर जिल्लाको वेलका नगरपालिका वडा नम्बर ८ स्थित लाहुरे खोच नजि पुर्याएको थियो ।

दुर्घटनामा परी घाइते भएका अधिकारीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दुर्घटनको क्रममा अधिकारीको कम्मर ठोक्किएकाले खुटा चल्न नसक्ने अवस्थामा रहेको चिकित्कसले बताएका छन् ।

वडाध्यक्ष अधिकारीको प्याराग्लाइडिड कम्पनी छ भने उनी तालिम प्राप्त पाइलट हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here