संखुवासभा ।

संखुवासभाको चिचिला गाँउपालिका–३ केराबारीस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको एडिट फोरको सरसापटमा पटेल कम्पनीको डब्लुबी ११ टीसी ०२९६ नम्बरको मिल्लर गाडी गाडी पल्टदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक भारत बिहारका ३५ बर्षीय श्याम झा र सोही गाडीमा सवार भारत युपीका ४० बर्षीय श्रीनिवास सिंह रहेका छन् । हिजो बेलुका ८ बजे गिटी सिमेन्ट घोली पुर्याई फर्कने क्रममा आफै अनियन्त्रित भई अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको थियो ।
सो दुर्घटनाबाट गम्भिर घाईते भएका दुवै जनाको जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको छ । घटनाको सम्बन्धमा अस्थाई प्रहरी बेस पुखुवाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































