झापा ।

हात्ती धपाउन राखेको तारमा अचानक छुँदा करेन्ट लागेर भद्रपुरमा एक महिलाको मृत्यु भएको छ ।
सोमबार बिहान ८ बजे भद्रपुर १० केन्द्रमोड बस्ने शिव पौरियाकी श्रीमती ५४ वर्षिया कल्पना राई पौरियाको आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तारमा अचानक छुन गई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको खवर प्राप्त हुनासाथ आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि प्रहरी टोली गएको र महिलाको शव घटनास्थलमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।































