बिर्तामोडबाट ब्राउन सुगर सहित एक जना पक्राउ

0
651

झापा ।

झापाको बिर्तामोड नगरपालिका ९ स्थित रिद्धीसिद्धी प्लाई फ्याक्ट्री छेउबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३४ बर्षीय जगदिश ओली रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनलाई डिजिटल तराजु र ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका ओलीलाई ईलाका प्रहरी कार्यालय अनामनीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here