बेमौसमी बर्षाले निम्त्यायो विपत्ति: झापामा १८ परिवार विस्थापित,४० घर डुवानमा

0
554

झापा, सोमवारदेखि लगातारको वर्षाका कारण झापामा १८ परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका वडा नं १ को टप्पु गाउँका १८ घर परिवार बिस्थापित भएका हुन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार बिस्थापित परिवारलाई प्रहरी र पालिकाका जन प्रतिनिधिहरुको सहयोगमा उद्धार गरिएको छ । उनीहरलाई स्थानीय एक सामुदायिक विद्यालयको भवनमा राखिएको छ । अत्याधिक वर्षाका कारण सो क्षेत्र डुवान भएपछि १८ परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।
वर्षाकै कारण गौरीगञ्ज गाउँपालिका १ स्थित हुक्लाबारी गाउँका ८५ घर उच्च जोखिममा रहेका छन् । ८५ घर परिवार मध्ये १८ परिवारका ज्येष्ठ नागरिक र अशक्तलाई भने नजिकैको चर्चको भवनमा सारिएको बताइएको छ । यसैबीच सो क्षेत्रमा अहिले ४० घर डुवानमा परेको बताइएको छ ।

धानबालीमा क्षति, विवरण संकलन गर्दै कृषि ज्ञान केन्द्र
निरन्तरको बर्षा पछि आएको बाढीले झापाको ५० प्रतिशत भन्दा बढी धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । जिल्लाको कुल ८७ हजार ५०० हेक्टरमा धानबाली लगाएको मध्ये करीब ४५ हजार हेक्टरको धानबालीमा बर्षाका कारण क्षति पुगेको कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ ।


पाकेर बाली उठाउने बेलाको धानमा बर्षातको पानी पसेर केही ठाउँमा धानीबाली पूर्ण रुपमा नष्ट भएको छ भने केही ठाउँमा भने हावा पानीका कारण धानबाली डुबानमा परेको छ । अहिले कृषि ज्ञान केन्द्रले जिल्लाका १५ वटै पालिकामा क्षतिको विवरण संकलन शुरु गरेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नील कमल सिंहले बताउनुभयो । –––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here