युद्धवहादुर वोहोरा
इलाम, गए रातिको भीषण वर्षाले फाकफोकथुम – १ ठिंगेपुरमा दुई जना,वडा नम्बर ३ आमचोकमा एकै परिवारका ४ जनाको ज्यान गएको छ । पहिरोका कारण पशु चौपाया र भौतिक संरचना पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
पहिरोका कारण भेडेटार– रवि– राँके सडक अन्तर्गत घुर्बिसे पञ्चमी नजिकै मगर भित्तामा बाटो अवरोध भएको छ भने अन्य ग्रामीण सडकमा आवतजावत ठप्प रहेको प्रहरीले जनाएको छ ।



























