चीनको अघोषित नाकाबन्दीले १५०० मेट्रिक टन मल नाकामै रोकियो,किसानहरु समस्यामा

0
409

काठमाडौं: चिनियाँ अघोषित नाकाबन्दीका कारण १५०० मेट्रिक टन मल तातोपानी नाकामै अड्किएको छ। २८ सेप्टेम्बरमा तातोपानी नाकामा पुर्‍याइएको १५०० मेट्रिक टन मल नाकाबाट ल्याउन नपाइएपछि परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई पत्र पठाएको छ।

सीमित सवारीहरुमात्र नाकाबाट पास हुन दिने प्रावधानका कारण १५०० मेट्रिक टन मल नेपाल काठमाडौं आउन नसकेकोले सहजीकरण गरिदिन परराष्ट्रले चिनियाँ दूतावासलाई पत्र पठाएको हो।

चीनबाट ल्याइएको मल समयमा किसानहरु नपाउँदा समस्या भएकोसमेत पत्रमा उल्लेख छ। मन्त्रालयले पठाएको पत्रमा लेखिएको छ, ‘दूतावसाले उक्त मल नाकाबाट पास गराउनका लागि सहजीकरण गरिदिए प्रशंसनीय हुनेछ।’

दूतावासले यसरी सहजीकरण गरिदिएको अवस्थामा नेपाललाई चीनले उच्च प्राथमिकता दिएको स्पष्ट हुनेसमेत पत्रमा उल्लेख गरिएको छ।

चिनियाँ नाकाबन्दीका कारण करिब ११ सय ट्रक तथा लरीहरु चिनियाँ नाकामा अलपत्र परेका छन्। तर, चीनले भने दैनिक १० वटा ट्रक तथा लरीका दरले तातोपानी नाकाबाट पास हुन अनुमति दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here