आजबाट दसैँ विसर्जन

३ कार्तिक २०७८, बुधबार मा प्रकाशित

भक्तपुर,

विजयादशमीको दिन महिषासुर दैत्यको प्रतीकका रूपमा खःमेथ (राँगो)लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रह्मायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज यहाँ नवदुर्गा देवगणलाई चढाएर दसैँ विसर्जन गरिएको छ ।

खःमेयको बध गरी ब्रह्मायणी लगायतका देवीदेवतालाई चढाएर बाँकी रहेको रगत भैलकोचा (माटोको घ्याम्पो) मा जम्मा गरिएको थियो ।

सङ्कलित रगत आज कोजाग्रत पूर्णिमाको दिन सबै नवदुर्गा देवगणलाई चढाएपछि दसैँ विसर्जन गरिएको नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान बनमालाले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here