वर्षाले पु¥याएको क्षतिको निरीक्षण गर्दै नगरप्रमुख शिवाकोटी

४ कार्तिक २०७८, बिहीबार मा प्रकाशित
  • 351
  •  
  •  
  •  
  • 1
  •  
    352
    Shares

बिर्तामोड ।

बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बुधबार नगरका विभिन्न वडामा पुगेर वर्षाले पुर्याएको क्षतिको निरीक्षण गरेका छन् ।

गत आइतबार रातीदेखि परेको वर्षाका कारण धानबालीमा पुगेको क्षतिको नगरप्रमुख शिवाकोटीले बुधबार नगरका वडा नम्बर ९,१० लगायत विभिन्न वडामा पुगेर निरीक्षण गरेका हुन् । उनले वडा नम्बर ३ को करेलाबारी लगायतका क्षेत्रमा पुगेर अदुवा खोलामा आएको बाढीले पुर्याउन सक्ने क्षतिलाई रोक्नको लागि आवश्यक प्रक्रिया अघि बढाउने पनि बताए ।

वर्षाका कारण धान खेतीमा ठुलो नोक्सानी भएको भन्दै नगरप्रमुख शिवाकोटीले सिङ्गो नगरपालिका स्तव्ध भएको बताए । काटेको धान खेतमै डुवेको, पाक्न नपाउँदै सबै ढलेको देख्दा दःुख लागेको भन्दै उनले क्षतिको विवरण संकलन गर्ने काम भईरहेको र राहतको लागि आफुले सम्बन्धित निकायमा जोडदार पहल गर्ने जानकारी दिए ।

नगरप्रमुख शिवाकोटीले नगरको दृ्रष्टी पुग्न नसेकेको कुनै ठाउँमा भयावह अवस्था आएको भए नगरपालिका तथा आफुलाई सिधा सम्पर्क गर्न समेत नगरवासिलाई आग्रह गरे । नगरप्रमुख शिवाकोटीले किसानलाई परेको दुःखका बेला आवश्यक सहयोग गर्न तथा आ–आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेर दुई दिन भित्रमा नगरपालिकामा बुझाउन समेत वडाध्यक्ष तथा जनप्रतिनिधिहरु आग्रह गरे ।

बिर्तामोड नगरपालिका भित्र करीब १५ प्रतिशत पूर्ण र २५ प्रतिशत आंशिक क्षति पुगेको प्रारम्भिक अनुमान रहेको कृषिशाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए । यस वर्ष समयमै पानी परेकाले शतप्रतिशत खेतमा धान रोपाई भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here