शान्तिपुर–झापा एकता समाजद्वारा ‘विपद्मा साझा अभियान’शुरु, एकैदिन ५० हजारबढी रकम संकलन

0
633

बिर्तामोड ।

प्राकृतिक विपत्ति तथा सामाजिक सरोकारका विषयमा सहयोग गर्ने उद्देश्यले शान्तिपुर झापा एकता समाजले विपद्मा साझाको सहयोग अभियान शुरु गरेको छ ।

शान्तिपुर झापा एकता समाजका अध्यक्ष ज्ञानेन्द्र अधिकारीलले अभियानको शुभारम्भ गर्दै शुक्रबार कोष खडा गरिएको जानकारी दिए । उनले इलामको तत्कालीन शान्तिपुर गाविसमा जन्मिएर झापासहित देश–विदेशमा रहेका शान्तिपुरबासीलाई आफ्नो जन्मथलोको दीगो विकास र हितका लागि एकपटक साझाको विपद् अभियान कोषमा सहयोग गर्न आह्वान गरेका छन् ।

शान्तिपुर झापा एकता समाजले विभिन्न सामाजिक कामलाई अगाडि बढाइरहेका बेला हरेक क्षेत्रमा आर्थिक गतिविधिलाई अगाडि बढाउन आवश्यक ठानेर अभियानको शुभारम्भ गरिएको कोषका संयोजक एवम् समाजका उपाध्यक्ष शेखर कार्कीले बताए । उनले अभियानको पहिलो दिन ५० हजारभन्दा बढी रकम जम्मा भएको जानकारी दिए ।

शान्तिपुरका हरेक विपद् तथाा अन्य सामाजिक गतिविधिमा खर्च गर्ने उद्देश्यलले कोष निर्माण गरिएको र कोषको रकम खर्च नगरिनु तथा त्यसबाट प्राप्त हुने ब्याजलाई समाजको पूर्ण बैठकले निर्णय गरेमा मात्र विपद् तथा अन्य गतिविधिमा खर्च गरिने समाजका कोषाध्यक्ष प्रविन खड्काले बताए । उनले शान्तिपुर इलामको विकट क्षेत्रको रुपमा रहेको र त्यहाँका हरेक नागरिकलाई शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत आवश्यकताको परिपूर्ति गर्न समाजले हातेमालो गर्ने बताए ।

विपद्मा साझाको अभियानले सम्पूर्ण शान्तिपुरबासीलाई एकताबद्ध बनाउँदै हरेक क्षेत्रमा अगाडि बढाउन सहयोग पुग्ने समाजका सचिव नरेन्द्र ढकालले विश्वास व्यक्त गरेका छन् । कोषलाई १० लाख रुपैयाँको बनाएर त्यसबाट प्राप्त हुने ब्याजलाई प्राकृतिक विपत्ति तथा अन्य सामाजिक कामममा खर्च गरिने लक्ष्य राखिएको बताइएको छ ।

हाल रोङ गाउँपालिका– १ र २ नम्बर वडाहरु शान्तिपुरमा समेटिएका छन् । करिब एक हजार पाँच सयभन्दा बढी परिवार उक्त वडामा बसोबास गर्दै आएको र त्यस क्षेत्रमा यातायात, सञ्चार, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका आधारभूत आवश्यकताका विषयको पनि कमी रहेकाले त्यसलाई अगाडि बढाउन समाजले भूमिका खेल्ने बताइएको छ ।

समाजले अभियानमा सहयोग गरिदिन सबै संघ–संस्था, व्यक्ति तथा सरकारी निकायमा आग्रह समेत गरेको छ । समाजको यो अभियानमा एक पटक सबैले सहयोग गरेर दिगो हितका लागि पहल गर्नुपर्ने सल्लाहकार कविता निरौलाले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here