ताप्लेजुङ।

ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–२ ओलकका ७५ बर्षीय भीमबहादुर पौडेलको रुखबाट लडेर मृत्यु भएको छ ।
घर नजिकै रहेको कटमेरोको रुखमा चढि घाँस झार्ने क्रममा अचानक रुखबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी थेचम्बु र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।































