मृतकका परिवारलाई दुई लाख प्रदान गरिने

0
750

कर्णाली,

कर्णाली प्रदेश सरकारले बाढी, पहिरोलगायतका विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु दुई लाख राहत दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सामूहिक दुर्घटना बीमाबापत सोे रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

हालै आएको बेमौसमी बाढी, पहिरामा परी प्रदेशमा आठ जनाको मृत्यु र चार जना घाइते भएका थिए । प्रदेश सरकारले यसअघि लागू गरेको सामूहिक दुर्घटना बीमा कार्यक्रमअन्तर्गत यसपटकको बाढी, पहिरामा परी मृत्यु भएका हुम्लाका छ, कालीकोट र जुम्लाका एक÷एक जनालाई राहत रकम दिने भएको हो ।

प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठका अनुसार विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी र पहिराबाट अन्नबालीमा पुगेको क्षतिको लगत सङ्कलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्ने, घाइतेको निःशुल्क उपचार गर्ने, पूर्णरुपमा क्षति भएका घरको विवरण सङ्कलन गरी पुनर्निर्माण तथा पुनःस्थापना कार्यक्रमका लागि सङ्घीय सरकारसँग समन्वय गर्नेलगायतका निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here