झापा,
एकाका लागि एक अभियानले झापाका बाढी प्रभाबित ६० परिवारलाई राहत बितरण गरेको छ ।
रतुवाखोलाका कारण दमक नगरपालिकाको वडा नम्वर – ७ मा प्रभावित बनेका २० परिवार , माई खोलाका कारण विस्थापित बनेका गौरीगञ्ज गाउँपालिका वडा नम्वर १ टप्पुका ४० परिवारलाई राहत बितरण गरिएको हो ।
अभियानले प्रति परिवार २५ केजी चामल, एक लिटर तेल , एक केजी दाल, एक केजी नून, दुई केजी चिउरा, एक प्याकेट दालमोट, ४ केजी आलू, १० प्याकेट चाउचाउ सहित व्लाङ्केट, म्याट, बेडकभर, झुल,त्रिपाल , भाडा र कराई एक÷एक थान, तीन÷ तीन थान, गिलास र वटुका, डाडू र पुनिउ एक÷एक थान, वाल्टी एक थान र जग एक थान प्रदान गरिएको थियो । प्रति परिवारलाई ६ हजार रुपैयाँका दरले सहयोग सामग्री बितरण गरिएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा पालिकाबाट एकद्वार प्रणली अन्तरगात बाढी प्रभावित परिवारलाई राहत बितरण गरिएको हो । दमक ७ मा वडाअध्यक्ष भीम पौडेल र गौरीगञ्जमा पालिका अध्यक्ष वुवुराजा श्रेष्ठ, उपाध्यक्ष दीपिन्द्र कटुवालले सहजीकरण गरेका थिए ।

राहत बितरण कार्यक्रममा अभियानका संयोजक महेन्द्रकुमार गिरी, अभियन्ताहरु लीला चिमरिया, गजेन्द्रवहादुर पौडेल, अर्जुनकुमार चुडाल, प्रमुम जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, प्रहरी उपरीक्षक सानुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।






























