झापा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट व्यक्तिका रुपमा चिनिदै आएका झापाको बिर्तामोड निवासी दुर्गा प्रसाई नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । नेकपा एमाले झापाले बिर्तामोडस्थित सीटी सेन्टरमा आयोजना गरेको वृहत एक कार्यक्रमकाबीच बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाई नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन् । उनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता दिएर एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको बताइएको छ ।
प्रचण्डका ‘किचन क्याविनेट’ रुपमा रहेका प्रसाई पछिल्लो समय ओली निकट मानिदै आएका थिए । ओलीलाई हजुरवुवा सम्बोधन गर्दै आएका उनी यस अघि नै नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी बनेका थिए । महाधिवेशनमा सहभागी भएसंगै प्रसाईलाई एमाले प्रवेश गराउने चर्चा चुलिएको थियो । यस अघि उनलाई सुभाष नेम्वाङले पार्टी सदस्यता दिएर एमालेमा प्रवेश गराउने चर्चा चलेको थियो ।






























