मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

७ कार्तिक २०७८, आईतवार मा प्रकाशित
  •  
  •  
  •  
  •  
  •  
  •  
    428
    Shares

मोरङ।

मोरङको लेटाङ नगरपालिका–९ मा आज बिहान मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाईकलले पैदल यात्रा गरीरहेकी स्थानीय ५० बर्षीया अम्बिका ढकाललाई ठक्कर दिँदा घाईते भएकी ढकालको उपचारको क्रममा बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here