नाडाको अध्यक्ष पदका लागि करण चौधरीको उम्मेद्वारी

७ कार्तिक २०७८, आईतवार मा प्रकाशित
  •  
  •  
  •  
  •  
  •  
  •  

झापा,  अटो मोवाइल्स एशोसिएसन अफ नेपाल(नाडा) को अध्यक्ष पदका उम्मेद्वार करण चौधरीले झापाबाट उम्मेद्वारी घोषणा गरेका छन् ।
आगामी मंसीर २२ गते हुने ४५ औं अधिवेशनका लागि चौधरीले झापाको बिर्तामोडबाट उम्मेद्वारी घोषणा गरेका हुन् । मेची अटो मोवाइ डिलर्स एशोसिएशनले आयोजना गरेको कार्यक्रमकाबीच चौधरी नेतृत्वको समूहले सामुहिक उम्मेद्वारी घोषणा गरेको थियो ।
चौधरीको नेतृत्वमा सदस्य पदका लागि राजनवावु श्रेष्ठ, अभिक ज्योति, सुरेन्द्र कुमार उप्रेती, अनुप बराल, विक्रम सिघांनिया, पंकज अग्रवाल, निलमणि पाठक, गंगाराज भट्टराई, प्रकाश कपुरीले उम्मेद्वारी घोषणा गरेका हुन् ।
उम्मेद्वारी घोषणा समारोहमा बोल्दै नाडाका केन्द्रीय अध्यक्ष कृष्ण दुलालले नाडालाई आफ्नो पहलमा देशव्यापी रुपमा विस्तार गरेको बताएका छन् । उनले अटो मोवाइल व्यवसायीहरुको हितका लागि नाडाले काम गर्दै आएको र सरकारलाई कुल राजश्वको २५ प्रतिशत योगदान आफूहरुको रहेको बताएका थिए ।
नेपालमा ४० हजार सवारी साधन रहेको र त्यसमा ८० प्रतिशत दुई पाङ्ग्रे सवारी रहेको बताउँदै नेपालमा अझैंपनि थोरै मानिसले मातै चार पाङ्ग्रे सवारी साधान उपयोग गर्दै आएको धारणा राखे । अध्यक्ष दुलालले बर्षाै पुराना सडकका कारण नेपालमा धेरै सवारी देखिएको तर, सबैको पहुँचमा अझैंपनि सवारी साधन पुग्न नसकेको धारणा राखे ।
अध्यक्ष पदका प्रत्यासी उम्मेद्वार चौधरीले आफ्नो नेतृत्वमा उम्मेद्वारीको नामावली सार्वजनिक गर्दै देशभरका समग्र अटो मोवाइल क्षेत्रका सबै व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
मेची अटो मोवाइ डिलर्स एशोसिएशनका संरक्षक बिनोद वस्नेतको अध्यषतामा भएको उम्मेद्वारी घोषणा कार्यक्रममा नाडाका उपाध्यक्ष सुवाश भट्टराई, कोषाध्यक्ष सुरेश कुमार उप्रेती, सदस्य प्रकाश कपुरी, राजनवावु श्रेष्ठले धारणा राखेका थिए ।
मेची अटो मोवाइ डिलर्स एशोसिएशन कार्यवहाक अध्यक्ष प्रकाश शिवाकोटीले स्वागत गरेको कार्यक्रम सञ्चारकर्मी मनिषा चम्लागाईले सञ्चालन गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here