प्रमुख कर अधिकृत श्रेष्ठको बिदाई

0
657

बिर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघले मंगलबार एक कार्यक्रमका बीच आन्तरिक राजशव कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत युवराज श्रेष्ठको बिदाई गरेको छ । २०७६ कात्तिक २७ गतेबाट आन्तरिक राजशव कार्यालय भद्रपुरको जिम्मेवारी सम्हालेका श्रेष्ठको सरुवा भएसंगै वाणिज्य संघले विदाई गरेको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले राजशव कार्यालयमा रहदाँ आफ्नो जिम्मृवारी कुशलताका साथ निर्वाह गरेको भन्दै प्रमसख कर अधिकृतको प्रशंसा गरे । उनले ब्यवसायीहरु कर तिर्न राजी रहेपनि केही कानुनी झञ्जटले ब्यवसायीहरु अलमलमा पर्ने गरेको बताए । उनले बिर्तामोड पूर्वकै प्रमुख ब्यपारिक केन्द्र भएकाले कर कार्यालयले ब्यवसायीको हितमा विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।

कोरोना महामारीको चपेटामा परेका बेला व्यवसायीहरुसंग समन्व्य गर्दै झापामा काम गरेको भन्दै प्रमुख कर अधिकृत श्रेष्ठले ब्यवसायीको हितमा राज्यले बनाएको कानुन अनुसार काम गर्ने उल्लेख गरे । झापामा रहदाँ सबै ब्यवसायी तथा उद्यागीहरुबाट साथ पाएको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघलाई धन्यवाद समेत दिए । उनले कर तिर्न ब्यवसायीको दायित्व भएकाले सबै ब्यवसायीलाई जागरुक गर्न वाणिज्य संघहरु लाग्नुपर्ने बताए ।

कार्यक्रममा यूनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्र पौडेल लगायतले प्रमुख कर अधिकृत श्रेष्ठको आगामी कार्यकला सफलताको शुभकामना ब्यक्त गरेका थिए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव अर्जुनकुमार मैनालीले गरेका थिए । कार्यक्रममा प्रमुख कर अधिकृत श्रेष्ठलाई सम्मानसहित विदाई गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here