रेल्वे परियोजना कटौति नहुने ओलीको दावी

0
410

बिर्तामोड ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम विद्युतीय रेल्वे परियोजनाको मुआब्जा वितरणको लागि छुट्याइएको बजेट बर्तमान सरकारले कटौति गरे पनि परियोजना कटौति नहुने बताएका छन् ।

पूर्व–पश्चिम विद्युतीय रेल मार्ग अन्तर्गत काँकरभिट्टा– इनरुवा सडकखण्डको मुआब्जा वितरणका लागि अघिल्लो सरकारले छुट्याएको रकम काम गर्न नचाहनेहरुले कटौति गरेको आरोप समेत लगाए ।

एमाले अध्यक्ष समेत रहेका ओली समक्ष झापाको बिर्तामोडमा सोमबार रेल्वे प्रभावित मुआब्जा निर्धारण समिति प्रदेश–१का अध्यक्ष डा. लक्ष्मी मैनाली र महासचिव रञ्जित प्रसाई लगायतको टोलीले रेल्वे प्रभावितका समस्या बारे ध्यानाकर्षण गराएका थिए । त्यस क्रममा ओलीले परियोजना कुनै हालतमा कटौति नहुने बताए ।

सरकार परिर्वतनसँगै मुआब्जा वितरणमा अन्यौल बढेपछि पूर्वप्रधानमन्त्री ओलीलाई प्रभावितका तर्फबाट अध्यक्ष मैनाली र महासचिव प्रसाईले प्रभावितका समस्या राख्दै रोक्का गरीएको जग्गा फुकुवा गर्ने वातावरण मिलाइदिन दिन आग्रह गरेका थिए ।

प्रभावित जनता कि मुआब्जा कि जग्गा फुकुवा हुनुपर्छ भन्नेमा छन्, नत्र आन्दोलनको विकल्प छैन– अध्यक्ष डा. मैनालीले भने– कमसेकम रेल्वेमा नपरेको जग्गा तुरुन्त फुकुवा हुनुप¥यो । जवाफमा ओलीले भने– रेल्वेमा नपरेको जग्गा फुकुवा गर्न समस्या हँुदैन बसेर बृहत छलफल गरौं ।

यसअघि ओली सरकारले २०७७ जेठ २४ गते जग्गा अधिग्रहणको सूचना जारी गरेपनि हालसम्म रेल्वे प्रभावितले मुआब्जा पाएका छैनन् । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत कँकरभिट्टा–इनरुवा खण्डको एक सय छ किलोमिटर खण्डमा जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्ने बताइए पनि रेल विभागले प्राविधिक काम नै अघि बढाएको छैन् ।

कित्ता नम्बर नमिलेदेखि रेल्वेमा परेको जग्गा समेत विभागले हालसम्म छुट्याएको छैन । जसका कारण प्रभावित थप मर्कामा परेको बताइएको छ । वर्तमान सरकारले बजेट नै कटौति गरेपछि जनतामा थप अन्यौल बढेको र तिहार लगत्तै पूर्वप्रधानमन्त्री ओलीलाई भेटेर आवश्यक परामर्श गर्ने महासचिव प्रसाईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here