इलाममा एमालेको पालिका अधिवेशन जारी, कतै सर्वसम्मत कतै चुनावको तयारी

0
528

गणेश अर्याल,इलाम ।

नेकपा एमालेको अधिबेशन इलामको सबै स्थानीय तहमा भइ रहेको छ ।

यसै क्रममा रोङ गाउपालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले खड्ग आले मगरको अध्यक्षतामा सर्वसम्मत गाँउ कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा सत्यम राइ, सचिवमा उपेन्द्र न्यौपाने, सह सचिवमा दुर्गा अधिकारी र सरण तामाङ चयन हुनु भएको छ ।

४७ सदस्यीय सबै पदाधिकारी सर्बसहमत चयन भएका छन् । त्यसैगरी माइजोगमाइ गाउपालिका एमालेको अधिबेशनबाट खगेन्द्र घिमिरे चयन भएका छन् । समितिको उपाध्यक्षमा सोनाम शेर्पा र सचिबमा भेषराज भटराई तथा सहसचिबमा धनबहादुर सुबेदी र अम्बर देवान चयन भएका छन् ।

त्यस्तै इलाम नगर कमितिको अध्यक्षमा तिलक ठकुरी तथा उपाध्यक्षमा दिपेन्द्र चापागाइ चयन भएको समाचार प्राप्त भएको छ । त्यसैगरी देउमाइ नगरपालिकामा एमालेको अध्यक्षमा भीमलाल खनाल चयन भएका छन् ।

उपाध्यक्षमा दावा तामाङ र सचिबमा नेत्र ढुंगेल चयन भएका छन् भने सहसचिबमा गंगा भटराई र चिजुमाया राइ चयन भएका हुन । त्यस्तै चुलाचुलीमा दुर्गा लिम्बु अध्यक्षमा सर्बसहत चयन भएका छन् भने उपाध्यक्षमा गोबिन्द कोइराला चयन भएका छन् ।

अन्य पालिकामा पनि सहमतीको प्रयास भइरहेको बताइएको छ । सन्दकपुर गाउपालिकामा अध्यक्षमा गिरीराज खनाल र दिपक गुरुङ उम्मेद्वार भएपछी चुनाब नै हुने भएको छ । सन्दकपुरमा १३८ जना प्रतिनिधिले मतदान गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here