९४ तोला चाँदीसहित एक जना पक्राउ

0
341

मोरङ।

मोरङको रतुवामाई नगरपालिका–३ छालगाछीबाट प्रहरीले ९४ तोला चाँदी सहित एक जना पक्राउलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय धर्बेन्द्र शर्मा रहेका छन् । प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदी सहित पक्राउ गरेको हो ।

पक्राउ परेका शर्मालाई चाँदी सहित आवश्यक कारबाहीको लागी मुल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here