पथरीशनिश्चरे नगर कमिटीका अध्यक्षमा रमेश दहाल

0
393

पथरीशनिश्चरे,

नेकपा एमालेको हिजो सम्पन्न पथरीशनिश्चरे नगरपालिकामा पालिका अधिवेशन सम्पन्न भएको छ ।

लोकतान्त्रिक विधि अवलम्बन गर्दै समझदारीको उच्चतम प्रयोग र प्रयास गरी पथरीशनिश्चरे नगर कमिटीको अध्यक्षमा रमेश दाहालको नेतृत्वमा नयाँ नगरकमिटी गठन भएको हो ।

उक्त नवगठित कमिटीको उपाध्यक्षमा उमनाथ अधिकारी चयन भएका छन् भने भीमकुमार राईं सचिव, लालबहादुर भण्डारी उपसचिव र रुकमिणा बजगाइँ उपसचिव रहनुभएको पदाधिकारी सहितको ७५ सदस्यीय पथरी शनिश्चरे नगर कमिटी बनेको छ ।

अधिवेशनका अवसरमा संघीय सांसद माननीय भानुभक्त ढकाल, प्रदेश कमिटी सदस्यहरू डीपी राईं, देवराज भण्डारी, डम्बर चोम्बाङ, विजय डाँगी, दिलिपकुमार राईं, सहजीकरण समितिका सदस्यहरू, जिल्ला नेतृत्व, आयोजक कमिटी र सम्बद्ध सबैको उपस्थिति रहेको थियो ।

नेपाली क्रान्तिमा जनताको बहुदलीय जनवादको प्रकाशमा यो कमिटीको कार्य काल सफल रहने कामना समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here