‘आशाको सूचनाः लागूऔषध निर्भरताको रोकथाम र उपचार सम्भव छ’

0
523

राजु गिरी
जुन २६ लाई अन्तरर्राष्ट्रिय लागूऔषध बिरुद्धको दिवसको रुपमा मनाइन्छ । र आज ‘आशाको सूचना ः लागूऔषध निर्भरताको रोकथाम र उपचार सम्भव छ’ भन्ने नारासहित विश्वभरी नै लागूऔषध सम्बन्धी बिभिन्न कार्यक्रमहरु गरिँदै छ । लागूऔषधको समस्याले आज विश्वभरी नै चुनौति दिइरहेको छ । यो समस्या दिन प्रतिदिन वृद्धि भइरहेको छ । लागूऔषध निर्भरताको रोकथाम र उपचार सम्भव छैन भन्ने गलत सोचाईको कारणले आज विश्वमा २६० मिलियन मानिसहरुले लागूऔषध प्रयोग गरी रहको र यो विश्वको वयस्य जनसंख्याको ५५ हो भन्ने तथ्याङ्क ग्ल्इम्ऋ को रहेको छ । नेपालमा ९१ हजार ५ सय ३४ भन्दा बढी मानिसहरु कडा खालका लागूऔषध प्रयोग गरिरहेका छन् जसमध्ये महिला तीन हजार तीन सय ५५ जना र झापामा छ हजार आठ जनाले प्रयोग गरिरहेको र जसमध्ये महिला दुई सय ४४ जना नेपाल सरकार गृहमन्त्रालय लागूऔषध नियन्त्रण शाखाले २०६९ मा तथ्याङ्क सार्वजनिक गरेको छ । सबैभन्दा बढी क्रमशः काठमाडौं, सुनसरी, कास्की, मोरङ, झापा, रुपन्देही, चितवन, बाँके र पर्सामा रहेका छन् । र तथ्याङ्कमा नआएका र लुकिछिपी, अरुलाई थाहा नदिइ सेवन गर्नेको संख्या लगभग ४०देखि ५० हजार छ ।
उमेरको हिसावले १५ वर्षदेखि कम उमेरकाः ३२।२५ ले, १५ देखि १९ वर्षः ४८।९५ ले, २० देखि २४ वर्षः १३।८५ ले र २५ भन्दामाथि ४।९५ ले पहिलो चोटी लागूऔषध सेवन गर्दछन् । र हाल १५ वर्ष कम उमेरकाले १।४५, १५देखि १९ वर्षकोले १९।९५, २०देखि २४ वर्षकोले ३३।२५, २५देखि २९ वर्षकोले २२।४५, ३०देखि ३४ वर्षकाले १३।७५, ३५देखि ३९ वर्षकाले ५।७५ र ४० देखि माथि ३।७५ ले लागूऔषध प्रयोग गरिरहेका छन् । धेरैजसो लागूआषध प्रयोगको शुरुवात विद्यालय, क्याम्पसबाट हुने गर्दछ । ६देखि १० कक्षाका ४१।९५ विद्यार्थीहरु र ३४।२५ एस।एल।सी।÷सर्टिफिकेट लेवलदेखि लागूऔषध लिन शुरु गर्दछन् ।
झापामा केही वर्ष अगाडि लागूऔषधको समस्या सीमित सहर र बजारमा मात्र थियो । केही वर्ष अगाडिदेखि ग्रामिण क्षेत्र र झापा वरपरका जिल्ला इलाम, पाँचथर, ताप्लेजुङमा पनि यसको समस्या तीब्र रुपमा बढ्न थालेको छ । लागूऔषध मानिसले पहिलो चोटी एउटा भ्रममा परेर प्रयोग गर्दछन् । प्रयोग गरिसकेपछि केन्द्रीय स्नायु प्रणालीमा असर पर्न गई मानिस भ्रममा परेर बारम्बार प्रयोग गर्दछ । लागूऔषध प्रयोग गर्ने धेरै कारणहरु छन् । जस्तै साथीभाइको दबाव, मनोरञ्जन, उत्सुकता, डर, चिन्ता, वियोग, असफलता, फरक र अलग वा फेसनेवलशैली आदि भएपनि हाल आएर प्रयोग गर्नुको कारणमा घरका अभिभावक बैदेशिक रोजगारमा जानु र पर्याप्त मात्रामा पैसा, हेरचाहको कमी हुनुको कारणले प्रयोग गर्ने प्रयोगकर्ताहरु बढ्न थालेको अवस्था छ । मानिसको उमेरसँगै शरीर अनि सोचाई बिचार पनि विकसित हुँदै जाने अवस्थामा स्कूल, कलेजका विद्यार्थीहरु लागु औषधको धरापमा परिरहेको वा स्कूल कलेजदेखि प्रयोग गर्नेको संख्या बढी रहेको पृष्टिमाथिको तथ्याङ्कले गर्दछ । किशोर अवस्थामा ज्ञान कम र उत्सुकता बढी भएको कारणले फस्न फसाउन सजिलो हुने समूहमा रहने हुनाले एक अर्काबाट सजिलै प्रभावित गराउन सकिने, स्कूल कलेजमा लागूऔषध विरुद्ध सम्बन्धी सचेतना अभियानका कार्यक्रमहरु नहुनाले स्कूल र कलेजका विद्यार्थीहरु लागूऔषधको शिकार भई रहेका छन् । ‘शिक्षाको मुख्य लक्ष्य व्यक्तिको व्यवहारमा सकारात्मक परिवर्तन गर्दै समाज र देशलाई नै परिवर्तन मोडमा पु¥याउने, प्रगतिको नयाँ उचाईमा देशलाई र आफूलाई पु¥याउनु भन्ने हुनुपर्दछ’ भन्ने सिद्धान्तलाई आत्मसाथ गरेर विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन लागूऔषध विरुद्ध कार्यक्रम सञ्चालन गर्न सकेमा लागूऔषध धरापबाट धेरै विद्यार्थी बचने कुरामा दुई मत छैन । लागूऔषध केही समय प्रयोग गरिसकेपछि मानिस त्यसमा निर्भरता हुन्छ । अर्थात लागूऔषध सेवन नगरी ऊ केही गर्न नसक्ने अवस्थामा पुग्छ । त्यस अवस्थालाई दुव्र्यसनको रोग ूम्ष्कभबकभक या ब्ममष्अतष्यलू भनिन्छ ।
आजभन्दा ५६ वर्ष अगाडि विश्व स्वास्थ्य संगठन र अमेरिकन मेडिकल साइन्सले विभिन्न अनुसन्धान पछि लागूऔषध प्रयोगकर्ताहरु रोगी हुन भनेर मान्यता प्रदान गरेको तर नेपालको सन्दर्भमा अहिले पनि अपराधीको रुपमा हेरी अपहेलना र सजाय दिइरहेको अवस्था छ । प्रयोग कर्तालाई पक्रिएर जेलमा राखेर वा सजाय दिएर समस्याको समाधान हुने भए रोग हो भनेर मान्यता प्रदान हुने नै थिएन । जेलमा बसेर उनले जुन समय बर्बाद गर्दछ र धरौटी वापतको रकम बुझाउँदछ त्यो समय र रकम उपचारमा खर्च गर्ने हो भने ९९५ लागूऔषध सेवन गर्न त्याग्ने सम्भावना हुन्छ । जेलमा बसेर निस्कदा आफूमाथि अपराधीको उपनाम, आत्मग्लानी, समाजमा घुलमिलमा समस्या आदि कारणले गर्दा ९९५ नसा सेवन गर्ने सम्भावना हुन्छ । आजसम्म झापामा मात्र उपचार पछि ५००देखि ६०० जना पूर्व लागूऔषध प्रयोग कर्ताहरु पुनस्र्थापित जीवन बिताइरहेका छन् । लागू औषध विरुद्धको क्षेत्रमा काम गर्ने रणनीतिहरुमा ‘माग न्यूनीकरणको’ क्षेत्रमा काम गर्ने संस्थाहरुले उदाहरणीय काम गरेको पाइएको छ । लागूऔषध प्रयोगकर्ताहरुलाई उपचार र प्रयोग गर्न सक्ने सम्भावित लक्षित समुदाय वा समूहमा सचेतना अभिवृद्धि गर्ने काम गर्दछ । कोही पनि लागूऔषधको धरापमा नफसुन र फसिसकेकोलाई उपचार गर्नु नै लागूऔषधको मागमा कमी आउनु हो भन्ने सिद्धान्तमा रहेर माग न्यूनीकरणमा काम गर्ने संघ संस्थाहरुले झापामा ६ वटा उपचार केन्द्रहरु सञ्चालन गरिरहेका छन् । यसप्रति सरकारी नीति, सहयोग, ध्यान न्यून रहेको अवस्था छ । संघ संस्थाहरुले निजी स्रोत र साधनबाट सञ्चालनमा ल्याएका उपचार केन्द्रहरुलाई लागु औषध विरुद्ध कार्यक्रम सञ्चालन गर्न आएको सानो बजेट संघ संस्थाहरुलाई उपलब्ध हुनु त परै जाओस जानकारी पनि हँुदैन । माग न्यूनीकरणको क्षेत्रमा दातृ संघ संस्था तथा अरु निकायहरुबाट कुनै सहयोग नभएको कारणले विभिन्न अभियानहरु सञ्चालन गर्न र आर्थिक अभावका कारणले लागूऔषध प्रयोगकर्ताहरु उपचारबाट बञ्चित छन् । अनाथ बाल बालिका जो लागूऔषध प्रयोग गरिरहेका छन् तिनीहरुको अवस्था झन् नाजुक छ । झापामा उपचार केन्द्रले १ वर्षमा कम्तीमा सात सय जनालाई उपचार गरिरहेको छ । हालसम्म सरकारी निकायबाट एउटा पनि उपचार केन्द्र सञ्चालनमा आएको छैन । त्यस्तै लागूऔषध विरुद्ध काम गर्ने अर्को रणनीति आपूर्ति न्यूनीकरण पर्दछ । अवैध लागूऔषधलाई आपूर्ति हुन नदिने यसको उद्देश्य हो । यो रणनीतिमा नेपाल सरकार गृहमन्त्रालय लागूऔषध नियन्त्रण शाखा, नेपाल प्रहरी र विभिन्न सुरक्षा निकायहरुले काम गरिरहेका छन् । खुल्ला सिमानाको कारणले गर्दा नेपालमा सजिलै लागूऔषध भित्रिने गरेको छ । लागूऔषधको नेपाल ट्रान्जिट प्वाइन्टको रुपमा फस्टाइ रहेको छ । तर विगत केही वर्षदेखि ठूला ठूला परिणामका लागूऔषध आपूर्ति हुन नदिन यो क्षेत्रमा काम गर्नेहरु सफल भएका छन् । ठाउँ ठाउँमा लागूऔषध व्यूरो स्थापना गरी आपूर्ति नियन्त्रण भएको भनिन्छ तर यहाँ महत्वपूर्ण कुरा के छ भने ‘जब माग बढ्छ आपूर्ति स्वतः बढ्दछ’ । माग कमी हुनु नै आपूर्ति कमी हुनु हो । धेरै जसो लागूऔषध प्रयोगकर्ताहरु आफूले सेवन गर्ने केही मात्रामा लागूऔषध बोकी हिंडने र शरीरले मागेपछि सेवन गर्नलाई आपूर्ति न्यूनीकरणको क्षेत्रमा काम गर्नेले पक्राउ गरेमा बेचविखन र ओसारपसारको आरोपमा सजाय र जेल जाने गरेको पाइएको छ । बेचबिखन र ओसारपसार गर्ने थोरै मात्रामा र प्रयोगकर्ताहरु धेरै मात्रामा पक्राउ पर्ने गर्दछन् । पहुँचवालाको आफन्तहरु पक्राउ परेमा इज्जत जाने डरले जे गरेर भएपनि घरतिर लिएर जाने र पहुँच नभएका गरीबहरु जेल जाने र सजाय पाउने अवस्था छ । आपूर्ति न्यूनीकरण काम गर्दा पक्राउ परिसकेपछि परिणामको आधारमा वा अरु कुनै अनुसन्धानबाट पक्राउ परेको व्यक्ति प्रयोगकर्ता होकी बेचबिखन वा ओसारपसारमा संलग्न हो भनी सही तरिकाले छुट्याउन अनि प्रयोगकर्ता हो भने परिवारको जिम्का नदिइ उपचार केन्द्र पठाउनु अथवा माग न्यूनीकरणको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुसँग समन्वय गरेर काम गर्नु अहिलेको आवश्यकता भइसकेको छ । झापाका प्रायः जसो सबै शहर बजारमा खुलेआम रुपमा अहिले लागू औषध विक्री वितरण भइरहेको छ । जसमध्ये लागु औषध डेन्ड्राइट९सुँग्ने० सजिलै आपूर्ति भइरहेको छ । यसको आपूर्तिमा कुनै नीति नियम वा रोकथाम छैन । १० वर्ष उमेर समूहदेखि १५ वर्ष उमेर समूहका बजार तिर खुलेआम खरिद र सेवन गरिरहेको पाइन्छ । जसले गर्दा लागूऔषध प्रयोग गर्ने केटाकेटीहरु दिन प्रतिदिन बढीरहेका छन् । लागु औषधको क्षेत्रमा काम गर्ने रणनीतिमा अर्को क्ष्यति न्यूनीकरण पर्दछ । जसले लागूऔषध प्रयोग कर्ताहरुलाई सेवन गर्दा क्षतिमा कमी ल्याउने काम गर्दछ । ज्क्ष्ख्रब्क्ष्म्क्र हेपाटाइटिस वी र सी जस्ता प्राण घातक सरुवा रोगहरु एक प्रयोगकर्तादेखि अर्को प्रयोगकर्तामा नसरोस् भन्ने उद्देश्य राखेर काम गर्दछ । यो रणनीतिले यो सरुवा रोगहरु एक अर्का माथि सर्ने क्रम घट्दो अवस्थामा छ । यो रणनीतिले विश्वमा नै धेरै सफलता हासिल गरिसकेको छ । यस रणनीतिमा काम गर्न विदेशी संघ संस्थाहरुले स्रोत र साधन अनुदान दिइरहेका छन् । सुईद्वारा लागूऔषध सेवन गर्नेलाई उपचार गर्ने, सुई तथा अन्य सामग्री नियमित रुपमा साट्ने र उपलब्ध गराउने अनि सुईको सट्टा मुखबाट लिने औषधी नियमित रुपमा वितरण गरिरहेका छन् ।
लागूऔषध विरुद्धको दिवश २०१४ को नारा एउटा आशाको सूचनाः लागूऔषध निर्भरताको रोकथाम उपचार सम्भव छ भन्ने नारालाई सबैले आत्मसाथ गरी यही नारा अनुसार कार्यहरु गर्नु अहिलेको आवश्यकता हो । यो नारा अनुसार कार्यक्रमहरु सञ्चालन गर्नु हो भने नयाँ आउने धेरै युवायुवती लागूऔषध निर्भरता हुनबाट बच्ने कुरामा दुई मत छैन र निर्भरताहरुको उपचारमा बढी जोड दिनुपर्दछ । वा रोग हो उपचार सम्भव छ । लागूऔषधका नकरात्मक कुराहरु बढी गर्नु पत्र पत्रिका, एफ।एम।, स्कुल कलेजहरुमा विभिन्न सचेतनामूलक अभियानहरु चलाउनु गाउँ घर समाजमा कोही लागूऔषध प्रयोगकर्ता छन् भने त्यसलाई ढाकछोप होइन त्यसलाई उपचार केन्द्र पठाउनु सकारात्मक काम हो भने बुझ्न जरुरी छ । मेरो छिमेकीमा लागूऔषधको समस्या छ र मलाई मतलव छैन कहिल्यै नभनौं, उसलाई सहयोग गर्नु पर्दछ । घृणा, हेला गरेर समस्याको समाधान हुँदैन किनभने छिमेकीको घरमा भएको रोग अरुको घरमा पनि सर्न सक्दछ । अज्ञानताले नै मानिस लागूऔषधको शिकार बन्दछ ।
rebirthgroupnepal@yahoo.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here