ड्रग्स डे र विद्यार्थीको प्रतिवद्धता

१२ असार २०७१, बिहीबार मा प्रकाशित

आज लागु पदार्थ विरुद्ध दिवस । यसलाई अंग्रजीमा ‘ड्रग्स डे’ पनि भन्ने गरिएको छ । लागु औषध, एचआईभी एड्स र दुब्र्यसन न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु यस अवसरमा विश्वभरी नै सञ्चालन गरिन्छ । नेपालमा पनि आशाको सन्देशः लागु औषध दुब्र्यसनको रोकथाम र उपचार सम्भव छ भन्ने मूल नाराका साथ ‘ड्रग्स डे’ मनाइँदै छ । युवाहरुको बढ्दो उमेर र खराब लतमा फसेका साथीभाईको संगतका कारण नचाहँदा–नचाहँदै पनि किशोर अवस्थाका युवा–युवतीहरु दुव्र्यसनमा फस्न पुगेका र आफ्ना छोरा–छोरीमा दुव्र्यसनका लक्षण देखापर्दा समेत संसारका सबै छोरा–छोरीलाई आफ्नै सम्झने आमा–बुवाले ती दुव्र्यसनका लक्षणहरु देख्दा पनि शंकारहीत भएर धामी–झाँक्री लगाउँदै कुल बुझाउन र पशु बली दिन भाकल गरिरहेको बेला झापामा जिल्ला लागुऔषध नियन्त्रण मूल समारोह समन्वय समितिले ‘कुरा अर्को छ’ नामक सचेतनामूलक सडक नाटक विभिन्न स्थानहरुमा प्रदर्शन गर्न लागेको छ । टेलिश्रृंखला ‘कुरा अर्को छ’ कै कलाकारहरुद्वारा सो सडक नाटक प्रदर्शन गर्न लागिएको हो ।
त्यसैगरी धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवनको अवस्था, यसको असर, सूर्ती त्याग्दा हुने फाइदा तथा सूर्ती नियन्त्रण सम्बन्धी कानुनबारे जानकारी दिन झापाको दुहागढीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । सो गाविसका पाँचवटा विद्यालयका विद्यार्थीले सचेतना कार्यक्रममा सहभागी भइसकेपछि सूर्ती तथा सूर्तीजन्य पदार्थको सेवन नगर्ने र आफ्नो घर र छिमेकलाई समेत सूर्तिमुक्त बनाउन सामूहिक रुपमा प्रतिबद्धता जनाएका छन् । सो अवसरमा सहभागी केही विद्यार्थीले आफूहरुले सेवन गर्दै आएको मधु–गुटका त्यसैबेलादेखि छाडेको र धुम्रपान तथा सूर्तीसेवन विरुद्ध समाजमा जनचेतना जगाउने अभियानमा लागि पर्ने समेत अभिव्यक्ति दिएका थिए ।
लागु औषध दुव्र्यसन अहिले विश्वव्यापी समस्या भइरहेको छ । त्यस्तै सूर्ती र सूर्तीजन्य पदार्थको अत्याधिक सेवनबाट घातक तथा दीर्घरोग लाग्ने र अकालमै ज्यानजाने जस्ता घटना दिनप्रतिदिन बढिरहेका छन् । मानिसको जीवन वास्तवमा क्षण भङ्गुर त छ नै अमूल्य पनि हो भनिन्छ । यसलाई दीर्घकालसम्म स्थायी राख्न कुलतरुपी दुव्र्यसनबाट मुक्त राख्नै पर्दछ । अहिलेका युवावर्ग कुलतमा फसेर आफ्नो उमेर र वय विगारिरहेका छन् । घर–परिवार र समाजलाई पनि पीडित बनाइरहेका छन् । यस्तो अवस्थामा दुहागढी गाविस क्षेत्र भित्रका पाँच विभिन्न विद्यालयका विद्यार्थीले जाहेर गरेको प्रतिवद्वतालाई अत्यन्त सकारात्मक रुपमा ग्रहण गर्नु पर्दछ । र, सरकारले पनि जसरी लागु पदार्थ मानिएका गाँजा, चरेश, हेरोइनको उत्पादन बेचबिखन, प्रयोग र ओसार–पसारलाई कानुनी रुपमै बन्देज गरेको छ –त्यसैगरी सूर्ती र सूर्तीजन्य पदार्थको उत्पादन, बेचबिखन र सेवनमा पनि प्रतिबन्ध नै लगाउनु पर्दछ । तब मात्र यस्ता दिवस मनाएको सार्थक हुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here