माघ मसान्तभित्र धनीपूर्जा वितरण गरिने– खड्का

0
601

बिर्तामोड ।

राष्ट्रिय भूमी आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले भूमीहीन दलित, सुकुम्बासी तथा अब्यवस्थित बसोबासीलाई माघ मसान्त भित्र धनीपूर्जा वितरण गरिने बताएका छन् ।

उनले केपी ओली नेतृत्व सरकारको आयोगले गतिशील काम गर्न नसकेको आरोप लगाउँदै आयोगले भूमीहिनलाई लालपूर्जा दिन नचाहेकोसमेत बताए । उनले ओली नेतृत्व सरकारको आयोगको थुप्रै उदाहरण दिदै भने ‘यो आयोगले माघ मसान्त भित्रमा भूमीहीन दलित, सुकुम्बासी तथा अब्यवस्थित बसोबासीलाई धनिपूर्जा वितरण गर्छं ।’

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) झापाको आयोजनामा शनिवार बिर्तामोडमा भएको भूमी समस्या तथा समाधान विषयक अन्र्तक्रिया कार्यक्रम २०७८ मा बोल्दै खड्काले उक्त कुरा बताएका हुन् ।

पार्टीका झापा सह–इन्चार्ज झलकसिंह दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकी केन्द्रिय सदस्य तथा झापा इन्चार्ज धर्मशिला चापागाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा आयोगका उपाध्यक्ष खड्का विशेष आतिथि तथा बत्ता समेत रहेको थिए ।

अन्र्तक्रिया कार्यक्रममा सुकुम्बासी समस्या समाधान आयोग झापाका पूर्व अध्यक्ष अरुण श्रेष्ठ, अखिल नेपाल किसान महासंघको तर्फबाट केन्द्रिय सदस्य ताराप्रसाद उपाध्यय, अखिल नेपाल ट्रेड युनियन महासंघका झापा सदस्य हरि निरौला, अखिल नेपाल सुकुम्बासी संघ झापाका ज्ञानबहादुर थापा मगर, पार्टीका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईलगायतले भूमी समस्या तथा समाधानका बिषयमा आ–आफ्नो बिचार प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य गगन पुरी, सरु न्यौपाने, बोधराज दाहाल, भूपाल सापकोटा, पूर्णसिंह राजबंशी, झापा कार्यालय सदस्य मोहन टुडुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका झापा संयोजक मणिकुमार साम्पाङ (विजय) ले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here