नेपाल लाईभस्टकको सार्वजनिक सुनुवाई

0
464

छविराज ढकाल / पथरीशनिश्चरे,

मोरङको पथरीशानिचरे –१ शिखर चौक स्थित नेपाल लाइभस्टकले सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथि समेत रहनुभएका पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई र पथरी कृषि सहकारी संस्थाका अध्यक्ष हरिराज प्याकुरेलले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।

प्रमुख अतिथि नगर प्रमुख राईले कृषि पेसालाई आत्मगौरवका साथ लाज मान्ने तर अरु पेशालाई चाहिँ आत्मगौरव ठानिने गरिएको भन्दै नगरले कृषक र कृषि सहकारीलाई सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा पथरीशनिश्चरेका कृषि तथा पशुपंन्छी शाखा प्रमुख हेमचन्द्र दाहाल, सिद्धार्थ टिका कार्की, सहकारी बैंङ्क उर्लाबारीका प्रबन्ध निर्देशक बिनोद चुडाल, पञ्चायत मा.वि.का शिक्षक प्रतिनिधि गुरुप्रसाद दाहाल, दुर्गा मा.विका प्रतिनिधि खेम अधिकारी र नेपाली काँग्रेस नगर सभापति रुपनारायण भट्टराई लगायतले एक नम्बर प्रदेशमा मासु तथा कृषिजन्य उत्पादनहरूमा आत्मानिर्भर रहनु पर्ने कुराका जोड दिएका थिए ।

यसैगरी , मासु तथा कृषिजन्य ६ वटा कार्यक्रमहरु यस अघि सम्झौता भैसकेको छ भने ४ वटा हुन बाँकी रहेका छन् । २ वटा मासु र २ वटा दुग्ध लागि पथरी कृषि सहकारी संस्था प.शा–१ शिखर चौक , बाख्रापालनमा कृषि समूह प.शा–३, दूग्ध बिहानी सेवा प.शा–१ शिखर चौक सहकारी र चौतारी सामाजिक उद्योगी सहकारी संस्थाहरूसित संझौता भएको कृषि तथा पशुपन्छी शाखा प्रमुख दाहालले जानकारी दिनुभयो।

उक्त कार्यक्रमको अध्यक्षता पथरी कृषि तथा सहकारी संस्थाका अध्यक्ष हरिराज प्याकुरेले गर्नुभएको थियो । कार्यक्रममा १ करोड ८९ लाख ९४ हजार ७ सय अनुदान दिइएको छ र जसमा विश्व बंैकले ५० प्रतिशत अनुदान र अरु निजी बैंकले ३० प्रतिशत पनि अनुदान प्रदान गरिएको हो। सो अनुदान ४० जना कृषकलाई बाख्रापालनका लागि लगानी गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here