‘झापाको ४५ प्रतिशत जनसंख्यामा परिवार नियोजन संघको सेवा’

१२ असार २०७१, बिहीबार मा प्रकाशित

 

दीपेन्द्र ढकाल
सभापति
नेपाल परिवार नियोजन संघ, झापा

दीपेन्द्र ढकाल(५२)। स्थायी निवास झापा अर्जुनधारा – १ । पिता भीमप्रसाद (स्वर्गीय) र माता सावित्राका पुत्र भई जन्मिएका ढकाल श्रीमती नम्रता, छोरा सञ्चित र छोरी स्मृतिका साथ बस्दै आएका छन् । पछिल्लो समय उनी सामाजिक काममा निक्कै क्रियाशील देखिन्छन् । कनकाई आर्यघाट, राष्ट्रिय उपभोक्ता मञ्च लगायतका संस्थामा समेत आवद्ध ढकाल नेपाल परिवार नियोजन संघ झापाको सभापति छन् । १० बर्षदेखि परिवार नियोजन संघमा रहेका ढकालले यस अघि संघका विभिन्न पदमा जिम्मेवारी सम्हाली सकेका छन् । प्रस्तुत छ– परिवार नियोजन संघसाग केन्द्रित रहेर ढकालसाग गरिएको कुराकानी सारसंक्षेप:–
परिवार नियोजन संघ के गर्दैछ ?
– संघको पााच बर्षे रणनीतिक कार्य योजना अनुसार हामी अघि बढेका छौं । पााच ‘ए’ (अंग्रेजीमा) अन्तर्गत सुरक्षित गर्भपतन (सेफ एभर्सन), किशोर किशोरी तथा युवाको यौनिक अधिकार बारे सचेतना, सेवाको पहुाच पुर्‍याउने, वकालत र एचआइभी एड्स संक्रमतिको अधिकार सुरक्षित गरी यस्तो संक्रमण न्यूनीकरणका लागि आफ्ना निकाय मार्फत काम गरिहेका छौं । झापामा सामुदायिक स्वास्थ्य केन्द्र चारआली जहाा चिकित्सकसहितको सेवा तथा पृथ्वीनगर र चन्द्रगढीको आफ्नै भवनमा सामुदायिक स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छौं । जहाा सुरक्षित गर्भपतन लगायतका सेवा दिइन्छ । अन्य सेवा स्वास्थ्य स्वयम्सेवीका मार्फत १९ गाविस र दुई नगरपालिकामा उपलब्ध छ ।
यो संस्थाको खास उद्देश्य के हो ?
– जनसंख्या बृद्धि नियन्त्रणका लागि २०१६ सालबाट परिवार नियोजन सेवामा सहज पहुाच पुर्‍याउन यो संस्था स्थापना भएको हो । प्रजनन स्वास्थ्य सम्बन्धी काम गर्ने गैरसरकारी संस्था हो । झापामा २०३४ सालमा यो संस्था स्थापना भयो । तीब्र गतिमा बढेको जनसंख्या नियन्त्रणका लागि परिवार नियोजनलाई बढवा दिने, असुरक्षित गर्भपतनका कारण हुने बाल तथा मातृ मृत्यु घटाउने यसका मुख्य उद्देश्य रहेका छन् । त्यस्तै माथि पााच ‘ए’ अन्तर्गतका काम यसको उद्देश्य अन्तर्गत नै पर्दछ । यौन तथा यौनजन्य रोग र प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना जगाउने काममा पनि संघ क्रियाशील छ ।
परिवार नियोजन संघ झापाको अवस्था कस्तो छ ?
– भौतिक रुपमा चन्द्रगढीमा जिल्ला कार्यालयसहित सेवा केन्द्र तथा चारआली र पृथ्वीनगरमा सेवा केन्द्र भवन छ । १९ कर्मचारी त्यहाा कार्यरत हुनुहुन्छ । २५ जना स्वयंसेविका हुनुहुन्छ । मेरो नेतृत्वमा १७ सदस्यीय कार्यसमिति छ भने आजीवन सदस्य र साधारण सदस्य गरी ६ सय जना हुनुहुन्छ । हामी भनेको स्वयम्सेवी हो । नीति निर्माण र कार्यान्वयनको पाटोमा सघाउनुका साथै चेतना अभिबृद्धिमा क्रियाशील हुन्छ समिति । झापाको करिब ४५ प्रतिशत जनसंख्या हाम्रो सेवा पुगेको छ । त्यस्तै सेवा प्रभावकारी बनाउन युथ फोरम सुरुंगा, दुर्गापुर, पृथ्वीनगर, चारआली, धुलावारी र बाहुनडाागीमा बनेका छन् । उनीहरु पनि क्रियाशील छन् । फोरममा आवद्धहरु अरुलाई फोरममा आवद्ध गराएर तथा अन्य तरिकाबाट प्रत्येक शुक्रवार साथी शिक्षा प्रदान गर्दै आएका छन् ।
झापामा सुरक्षित र असुरक्षित गर्भपतनको अवस्था कस्तो छ ?
– झापामा मेडिकल एभर्सन (औषधिद्वारा) र मेशीनद्वारा (क्यूरेट) गर्ने प्रविधि प्रचलित छ । झापामा बार्षिक सरदर एक हजार जनाले सुरक्षित गर्भपतन गराउादै आएका छन् । संघको तथ्यांकमा हालसम्म १० हजारले सुरक्षित गर्भपतन गराएका छन् । १२ हप्तासम्मको गर्भपतन गराउनु सुरक्षित हो ।
यस बाहेक बाहिर अवैध रुपमा असुरक्षित ढंगले गर्भपतन गराउनेको संख्या पनि उल्लेख्य छ । आफूखुशी औषधि खाने, मेडिकलले जथाभावी औषधि दने कार्यले असुरक्षा बढाएको छ ।
पछिल्लो समय अविवाहितले पनि गर्भधारण गरी गर्भपतन गराउन आउनेहरु उल्लेख्य छन् । सुरक्षित गर्भपतन उनीहरुको पनि अधिकार हो । अनिच्छुक गर्भधारण त्यसमा पनि अविवाहितले गर्भधारण गर्नु विकृति हो । हाम्रो आग्रह छ –गर्भपतन अन्तिम उपाय हो । त्यसअघि सचेत, संयमता र सुरक्षित यौन सम्पर्क, उपयुक्त स्थायी र अस्थायी साधनको प्रयोग गर्नु जरुरी छ । यो बारे सबैले बुझ्न र बुझाउनुपर्छ ।
संघको भावी योजना के छ ?
– संघको रणनीतिक योजना अनुसारका कार्यक्रम पिछडिएको समुदायसम्म पुर्‍याउने, परिवार नियोजनमा पहुाचविहीनको पहुाद पुर्‍याउने हाम्रो योजना छ । त्यस्तै भविष्यमा आत्मनिर्भर हुन सेवाको पहुाच बढाउने तयारीमा छौं । जस अन्तर्गत चारआलीमा हामी यसै बर्षदेखि आफ्नै भवनमा प्रसुति सेवा सुरु गर्दछौं । आवश्यक अन्य कार्यहरु गर्दर्ै जानेछौं ।
संघका चुनौति तथा समस्या कस्ता छन् ?
– सीमित स्रोत र साधनका बीच सेवा क्षेत्र र जिम्मेवारी व्यापक छ । पर्याप्त स्रोत साधन नहुनुले संघलाई उद्देश्य अनुसार काम गर्न चुनौति खडा भएको छ । असुरक्षित ठाउामा गर्भपतन गराउन जाने समूह पनि संघको चुनौति हो । उनीहरु सुरक्षित गर्भपतनको प्रक्रियामा आउन जरुरी छ ।
प्रस्तुति : एकराज गिरी yekrajgiri@gmail.com/9842634161

dipendra dhakal

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here