नारी संकल्पको दोस्रो अधिवेशन सम्पन्न

0
967

बिर्तामोड ।

नारी संकल्प संस्था तेस्रो साधारण तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तुलसा खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड–१ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डे, बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, बिर्तामोड नगरपालिका–१ एमाले अध्यक्ष डिल्लीमाया आचार्य, उद्योग वाणिज्य संघ बिर्तामोडकी उपाध्यक्ष नैनकला भट्टराई लगायतको आतिथ्य रहेको थियो ।

अधिवेशनले उपाध्यक्षमा तीलरुपा श्रेष्ठ, सचिवमा आशा बानियाँ उप्रेती, सहसचिवमा खेमा ओली र कोषाध्यक्षमा दिपा भण्डारीलाई सर्वसम्मतरुपमा चयन गरेको हो । त्यस्तै सदस्यहरुमा तारा ढकाल, हिमकला न्यौपाने, निरा उप्रेती र शिला ढकाल रहेका छन् ।

अधिवेशनमा ज्येष्ठ महिला सम्मानतर्फ धनमाया ओझा, मानार्थ सदस्य सम्मानतर्फ मोहन ढकाल, सुरेश ढकाल, आजीवन सदस्य सम्मानतर्फ तुलसा मैनाली, शिला ढकाल, आशा बानियाँ, तारा ढकाल, गीता शिवाकोटी, दीपा भण्डारी, निरा उप्रेती र कला न्यौपानेलाई सम्मान गरिएको थियो भने ढाका तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

संस्थाकी अध्यक्ष तुलसा खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपमेयर महतारा, वडाध्यक्षद्वय पाण्डे र संग्रौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here