सांग्रिला डेभलपमेन्ट बैंक बिर्तामोड शाखाद्वारा वित्तीय साक्षरता र घरदैलो कार्यक्रम

0
529

बिर्तामोड ।

सांग्रिला डेभलपमेन्ट बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा बिर्तामोड शाखाले वित्तीय साक्षरता र घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

र्बैंकले बिर्तामोड स्थित देवी क्याम्पसका स्नातक तह प्रथम वर्षका व्यवस्थापन संकायका विद्यार्थीहरुलाई वित्तीय क्षेत्रसँग सम्बन्धित विविध विषयमा जानकारी प्रदान गरेको बैंकका बिर्तामोड शाखाका शाखा प्रबन्धक संजीव बरालले जानकारी दिए ।

देवी क्याम्पस बिर्तामोडका क्याम्पस प्रमुख लेखनाथ भट्टराईसँगको समन्वयमा सञ्चालित कार्यक्रममा बैंकका कर्जा शाखाका कर्मचारीद्वय सन्तोषकुमार चौधरी र केशव गुरागाईले बैंकिङ प्रणाली सँगसँगै बचत कारोबार, कर्जा, लगानी र रेमिट्यान्स सेवाका बारेमा प्रष्ट पारेका थिए भने बिमा र समग्र बैंकिङ बारोबारका सम्बन्धमा शाखा प्रबन्धक बरालले जानकारी दिएका थिए ।

स्थापना दिवसको अवसरमा बैंकले देशभर सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैंकले निःशुल्क आँखा शिविर, दन्त परीक्षण, रक्तदान कार्यक्रम र घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको बैंकका शाखा प्रबन्धक बरालले जानकारी दिए ।

घरदैलो कार्यक्रम अन्तर्गत बिर्तामोड शाखाले बिर्तामोडका विभिन्न स्थानमा आफ्नो सेवाहरुको बारेमा सर्वसाधारणहरु जानकारी गराएको थियो । संग्रौला डेभलपमेन्ट बैंकका हालसम्म देशभर एक सय शाखा र ३१ वटा एटिएम रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here