अनौठो रोगले जीवन कष्टकर

0
533

विनोद पाण्डे,
चारपाने।

 

मोरङ मिक्लाजुङ गाउँपालिका–५ मधुमल्लाका एक युवा अनौठो रोगका कारण कस्टकर जीवनयापन गर्न बाध्य भएका छन् ।

केही गर्ने उमेर, परिवारको आशा र भरोसाको केन्द्र रहेका ३५ बर्षीय सुवास राईको शरीरभरी मासुको डल्ला पलाएको छ । जसका कारण उनको जीवनशैली असामान्य बन्दै गएको छ । सामान्य परिवारका राईले आर्थिक अभावकै कारण समयमै आफ्नो रोगको उपचार गराउन नसकेर आजसम्म पीडा सहदै आए, तर यतिबेला उनले पीडा सहन पनि नसक्ने अवस्था भएको छ । शरीरभरी मासुको डल्ला मात्र होइन घाउ हुन थालेपछि उनको स्वास्थ्य अवस्था झन जटिल बन्न पुगेको हो ।

उनको समस्यालाई देखेर, बुझेर स्थानीय शंकर बजगाँईले राईको उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । बजगाँईले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने सामाजिक भावनाले शुरु गरेको ‘सुवास राई उपचार अभियान’ स्थानीय समाज र देश विदेशमा रहेका सहयोगी मनहरु समक्ष पुर्याउन पत्रकार र सञ्चारक्षेत्रको सहयोग मागेका छन् । सञ्चारकर्मीहरुले पनि प्राथमिकताका साथ राईको स्वास्थ्य अवस्थाको बारेमा जनमानसमा जानकारी दिने काम भएपछि हाल राईलाई उपचारको लागि सहयोग जुटन थालेको छ ।

सुवासको पीडा देखेर देशबिदेशमा हुने नेपालीको मन दुख्यो, सुवासको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग गरिरहेका छन् । हालसम्म सुवासलाई देशविदेशबाट १ लाख ३० हजारमाथि सहयोग जुटेको छ । थप सहयोग जुट्ने क्रम जारी छ । शंकर भन्छन्– देशविदेशमा रहनुहुने साथीभाइहरुले आफ्नो खाजा खर्च कटाएर सहयोग गर्नुभएको छ ।
हाल सुवासको कोशी अञ्चल अस्पतालमा निःशुल्क उपचार शुरु भएको छ । कोशी अञ्चल अस्पतालमा मात्र सबै उपचार सम्भव नहुने भएकाले अन्यत्र थप उपचार गराउनु पर्ने डाक्टरले सुझाएका छन् । बजगाईले भने– अहिले पछाडिको भागको मासु काट्ने भनिएको छ ।

पछाडिको भागको मासु काटे उनलाई सुत्न सहज हुनेछ । नत्र अरु बेला उनी ढाडमाथि पारेर सुत्ने गर्थे । शंकर भन्छन्– सुवास भाइको उपचार गरेर मुहारमा खुशी फर्काउन सकियो भने त्यो भन्दा आत्मिक शान्ति के हुन सक्छ र ? आखिर मानब भएपछि एकअर्काको सेवा गर्नु मानवता हो । भोलि जो कोहीमा दुःख बिराम पर्न सक्छ ।

सुवास राईको उपचार मात्र उनको समस्या होइन, उनको जीवनयापन अर्को ठूलो समस्याको रुपमा रहेको छ । राईको उपचार र जीवनयापनमा सहयोग गर्न चाहनेले रकम पठाउन एनएमवी बैंकको खाता नम्बर ०५८००६१६२०२०००११ मनकारी दाताहरुलाई आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here