मुख्यमन्त्री आचार्यले दिए राजीनामा

0
709

विराटनगर,

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आजको प्रदेशसभा बैठकमा राजीनामा दिएका छन्। सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेशसभासमक्ष सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन्।

उनले राजीनामा दिएसँगै आजको कार्यसूचीमा मतदान प्रक्रिया अघि बढाउनु नपरेको बताउँदै सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक १६ गतेसम्मका लागि सभा बैठक स्थगित भएको घोषणा गरे।

आचार्यले विश्वासको राजीनामा दिएसँगै अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।

गठबन्धनले भावी मुख्‍यमन्त्रीका रूपमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई अघि सारेको छ। सरकार गठनका लागि कम्तीमा ४७ सदस्‍य आवश्यक पर्दछ। विपक्षी गठबन्धनले आफूहरूसँग ५० सांसदको समर्थन रहेको दाबी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here