निर्भानाले चुम्यो रम्फोक क्लबको उपाधि

0
884

गणेश अर्याल, इलाम ।

इलामको सूर्योदय नगरपालिका स्थीत रम्फोक फुटबल क्लबले आयोजनामा जारी खुल्ला फुटबल प्रतियोगिताको उपाधी निरभाना फुटबल क्लब फिक्कलले जितेको छ ।

तिहारको अवसरमा आयोजना भएको प्रतियोगिताको सोमबार सम्पन्न फाईनल खेलमा पशुपतिनगर फुटबल क्लबलाई ४–३ को गोल अन्तरले पाखा लगाउदै फाईनल उपाधी चुमेको हो ।

खेलमा पहिलो हाफमा पशुपतिनगर युवा परिवारको तर्फबाट २ गोलको अग्रता भएको भए पनि दोस्रो हाफमा निरभाना एफसीले आक्रमक खेल खेलेको थियो । दोस्रो हाफमा निरभानाले १ गोल थप्दै खेल २–१ को अन्तर मा खेल आएको थियो । खेल मा पशुपति युवा परिवारको तर्फबाट १ गोल थपेर खेल लाई आफ्नो पक्षमा पार्ने कोसिस गरेपनि निरभानाले लगातर जाली चुमाउदा अन्तिम समयमा खेलको नतिजा निरभानाको पक्षमा गएको हो ।

बिजेता निरभानाले नगद ५० हजार को साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पार्दा पशुपति युवा परिवार दोस्रो ट्रफिको साथमा रु २५ हजारमा चित्त बुझाउन बाध्य भयो ।

आयोजक समितिका अध्यक्ष बिनु खड्काको अध्यक्षता सुर्योदय नगरपालिका नगरप्रमुख रण बहादुर राई को प्रमुख आतिथ्यतामा वार्ड न ९ को अध्यक्ष देबेन्द्र शर्माको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा आयोजक समितिका इन्द्र तामाङले स्वागत मन्तब्य राख्नु भएको थियो ।

खेल सफल पार्न साथ सहयोग गर्ने सबैमा आयोजक रम्फोक फुटबल क्ल्वका अध्यक्ष किसन तामाङले धन्यवाद दिनु भयो भने खेलमा विभिन्न ब्यक्तिलाई मायाको चिनो सहित सम्मान गरिएको छ । कार्यक्रम मान बिर लेप्चाले सन्चालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here