कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

0
902

सुर्खेत,

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन्। ​

सत्ता साझेदार नेपाली कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार मुख्यमन्त्री शाहीले भर्खरै राजीनामा दिएका हुन्। कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे।

कांग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी बनेको थियो। उनले नयाँ सरकारलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताए। संबाेधनका क्रममा शाहीले सरकारले गरेका कामको लामो फेहरिस्त प्रस्तुत गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here