शिक्षक संगठनको आयोजनामा नृत्य प्रतियोगिता

0
402

विमल दहाल, इलाम ।

नेपाल राष्ट्रिय शिक्षक संगठन माई नगर समितिको आयोजनामा प्रथम माई नगर स्तरीय आधारभुत तह कक्षा (१-५) नृत्य प्रतियोगिता मंगलबार नमुना हलमा सम्पन्न भएको छ।

तिहारको अबसरमा माई नगरपालिका भित्रका २५ वटा बिद्यालयको सहभागीता रहेको कार्यक्रममा सोयाक मोडल एकेडेमी माई-४ प्रथम, युबाबर्ष मावि माई-१ द्वितीय र जनकल्याण आधारभुत बिद्यालय माई-५ तृतिय भएका थिए। उत्कृष्ट प्रथम, द्वितीय र तृतीयलाई नगद ३ हजार, २ हजार ५ सय र २ हजार पुरस्कार प्रदान गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन माईका अध्यक्ष खेम लिम्बुले जानकारी दिनुभयो।

नृत्य प्रतियोगिता माईका मेयर दिपक कुमार थेवेको प्रमुख आतिथ्यता र माई नगरपालिका प्रशासन शाखा प्रमुख लक्ष्मण भुर्तेलको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो । मेयर थेबेले शुभकामना मन्तव्य राख्दै बच्चा, संगीत, नृत्य र फुलले मानिसको मन छुने भन्दै रचनात्मक कार्यमा बालबालिकाको प्रतिभा खोजी गर्ने कार्य सकारात्मक रहेको धारणा राख्नुभयो।

शिक्षण सेवा प्रवेश गरेका टेकेन्द्र कार्की, अम्बिका प्रसाद लुईटेल र दिपेन्द्र कुमारी रेग्मीलाई समेत सम्मान गरिएको कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य ध्रुब श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश सदस्य किरण सुबेदी, माई ईन्चार्ज धर्मप्रसाद अधिकारी, कन्काई माबिका प्रअ हरि प्रसाद पौड्याल, रेडक्रस सोसाइटी दानाबारी सभापति मित्र प्रसाद गौतम, नेपाल शिक्षक संघका माई अध्यक्ष रुद्र मगर, एकिकृत नेपाल राष्ट्रिय शिक्षक संगठनका तिर्थराज भारती लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

संगठनका अध्यक्ष ख्याम लिम्बुको अध्यक्षता, उपाध्यक्ष पार्बता फुयालको स्वागत र सचिब घनश्याम निरोला तथा सदस्य भरत भण्डारीको सन्चालमा कार्यक्रम सम्पन्न भएको उपाध्यक्ष भिम राईले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here