बाह्रदशीमा धनवन्तरी दिवस

0
547

झापा, विश्वकै प्राचीनतम् चिकित्सा पद्धति मानिएको आयुर्वेदका प्रणेता धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झनामा मंगलवार झापाको बाह्रदशी गाउँपालिकामा धनवन्तरी दिवस मनाइएको छ ।


गाउँपालिकामा रहेको आयुर्वेेद औषधालयको आयोजनामा रक्तदान कार्यक्रमसहित यो दिवस मनाइएको हो ।
बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाँईको प्रमुख आतिथ्य तथा आयुर्वेद स्वास्थ्य शाखा
सञ्चालन समिति अध्यक्ष भूपेन्द्र कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी
बाह्रदशीका निवर्तमान सभापति दयानन्द गोश्वामी, नेपाली कांग्रेस बाह्रदशी गाउँपालिका सभापति इन्द्र बस्नेत
लगायतले आयुर्वेदिक उपचार पद्धति कोरोनाकाल प्रभावकारी बन्दै गएको बताए । आयुर्वेदका विषयमा आयुर्वेद स्वास्थ्य
शाखाका प्रमुख जटाशंकर झाले प्रकाश पारेका थिए भने रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस
सोसाइटी वाह्रदशी उपशाखाको रहेको थियो ।

वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी धनवन्तरी जयन्ती मनाउने गरिन्छ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धनवन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा उल्लेख गरिएको छ ।
यस दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । वि.सं. १९८५मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धनवन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस
आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here