अर्जुनधारा ।

झापाको अर्जुनधारा–८स्थित सहनशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
संस्था सञ्चालक समितिकी अध्यक्ष ज्ञानकुमारी थापाको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य सदस्य पूर्णीमा सिटौलाले व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा समितिकी अध्यक्ष थापाले संस्थाको गत आर्थिक वर्ष ०७७÷०७८को वार्षिक प्रतिवेदन, लेखा समितिकी संयोजक पुनम सुवेदीले लेखा समितिको प्रतिवेदन र व्यवस्थापक पम्फा विश्वकर्माले चालु आर्थिक वर्ष ०७८÷०७९को बजेट, वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी ७० लाख ७१ हजार एक सय रुपैयाँ, जम्मा निक्षेप संकलन एक करोड ७८ लाख ३३ हजार चार सय ३४ रुपैयाँ, जम्मा कर्जा लगानी चार करोड २२ लाख ६६ हजार आठ सय रुपैयाँ, जम्मा आम्दानी ६५ लाख ३६ हजार एक सय २८ रुपैयाँ, जम्मा खर्च ४८ लाख ४३ हजार ९८ रुपैयाँ ४१ पैसा र खुद नाफा १६ लाख आठ हजार ९३ रुपैयाँ २८ पैसा उल्लेख गरिएको छ ।
त्यसैगरी संस्थाले चालु आर्थिक वर्षको लागि अनुमानित ८३ लाख ५० हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रमहरु प्रस्तुत बजेट, वार्षिक नीति तथा कार्यक्रम प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सोही कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बाल बचततर्फ अली महमद र सृष्टी ढकाल, उत्कृष्ट ऐच्छिक बचततर्फ कुमार कार्की र धनमाया तामाङ, उत्कृष्ट मासिक बचततर्फ रीता राजवंशी र लीला कोइराला, उत्कृष्ट मुद्धती बचततर्फ कमला राई र असल ऋणीतर्फ कल्पना विश्वकर्मा र सानुमाया तामाङ रहेका छन् ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य गोपीचन्द्र गौतम, झापा जिल्ला सहकारी संघका लेखा समिति सदस्य प्रेमसागर सापकोटा, कालिका बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, जलेश्वर बहुउद्धेश्यीय सहकारी संस्थाका सदस्य कुमार भट्टराई, संस्थाका सल्लाहकार समितिकी संयोजक सरस्वती सिटौला गोलेलगायतले आफ्नो धारणासहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कार्यालय सहायक निर्मला राईले गरेकी थिइन् ।































