विनोद सापकोटा,
झापा ।

झापाको शिवसताक्षीमा गोल्डकप प्रतियोगिता हुने भएको छ । वडा नम्बर ७ को बालसेवा आधारभुत विद्यालयको खेल मैदानमा प्रथम संस्करणको ‘एनी फाक्तेप गोल्डकप’ फुटवल प्रतियोगिता हुने भएको हो । स्थानीय फाक्तेप फुटवल क्लवको आयोजनामा उक्त प्रतियोगिता हुने बुधबार आयोजकले पत्रकारलाई जानकारी जानकारी दिएको हो ।
मंसीर ११ गतेबाट १८ गतेसम्म हुने प्रतियोगितामा पाँच जिल्लाका नामी टीम सहभागी हुने छन् । झापा, इलाम, मोरंङ, सुनसरी र सिन्धुलीका टीमले सहभागीता जनाउने आयोजक समितिका अध्यक्ष बम प्रसाद चेम्जोङ्गले बताए । उनका अनुसार झापाका जलथल एफसी, काकडभिट्टा फुटवल क्लल, रोयल स्पोर्टिङ्ग क्लव दमक र आयोजक फाक्तेप फुटबल क्लव शिवसताक्षीले सहभागिता जनाउने छन् ।
यस्तै इलामको इलाम फुटबल क्लव, मोरङको पथरी स्पोटिङ क्लव, सुनसरीको धरान फुटबल क्लव र सिन्धुलीको दुधौली स्पोर्टिङले पनि प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । प्रतियोगिताका बिजयी टिमले नगद १ लाख १ हजार र उपविजेताले ५१ हजार मेडल, ट्रफि र प्रमाण पत्र पाउने छन् । यस्तै प्रतियोगिताको म्यान अफ द सिरिजका बिजेताले ५ हजार, सर्वाधिक गोलकर्ताले ५ हजार, उत्कृष्ट मिड फिल्डरले ५ हजार नगद पुरस्कार पाउने आर्थिक संयोजक दिपक शेर्माले बताएका छन् ।
यस्तै उत्कृष्ट फरवाड, उत्कृष्ट किपर र उत्कृष्ट डिफेन्सले जनही ३ हजार पाउँने छन् । प्रतियोगिताका म्यान अफ द म्याचका बिजेताले २ हजार नगद पाउने छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि १८ लाख २० हजार लागत अनुमान आयोजकले गरेको छ ।

प्रतियोगितालाई सफल पार्न शिवसताक्षी नगर कार्यपालिका, वडा कार्यालय, स्थानीय राजनीतिक पार्टी , व्यवसायी, समाजसेवी सबैको सहयोग आवश्यक रहेको प्रतियोगिताका आर्थिक सम्योजक शेर्माले बताए । उनले भने, जिल्लाका नामुद बैक तथा वित्तिय संस्था, कर्पोरेट हाउस लगायतको प्रत्यक्ष सहयोगको हामीले अपेक्षा गरेका छौं ।’
कनकाई गार्मेन्टद्धारा उत्पादित एनी ब्राड सो प्रतियोगिताको मुख्य प्रायोजक बनेको छ । ब्राण्डका संचालक सन्तोष थोप्राले उक्त प्रतियोगिता सम्पन्न गराउँन ३ लाख आर्थिक सहयोग गरेका छन् । आयोजकले मुख्य प्रायोजकका लागि ३ लाख प्रस्ताव गरेपछि एनी ब्राण्ड प्रतियोगिताको मुख्य प्रायोजक बन्न राजि भएको हो ।
यसैबीच एनी ब्राण्डका संचालक थोप्राले पत्रकार सम्मेलनमा ग्रार्मेन्टबाट उत्पादित एनी ब्राण्डका जर्सी आयोजक फाक्तेप फुटवल क्लवका खेलाडीलाई प्रदान गरेका छन् । बुधबार उनले जर्सी प्रदान गरेका हुन् ।


























