सहारा नेपालको बिर्तामोड इकाई सभा सम्पन्न

0
716

झापा ।

सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोड सेवा केन्द्रले इकाई साधारणसभा सम्पन्न गरेको छ ।

बिर्तामोडस्थित आर्दश व्याङ्क्वेटमा भएको साधारण सभा बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको थियो । संस्थाका सह सचिव ज्ञानुनाथ मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ५ का वडा सदस्य ढाँचाराज कडरिया, उद्योग वाणिज्य संघ १ नम्वर प्रदेश सदस्य कुमार भट्टराई, लगायतले बोलेका थिए ।

कार्यक्रममा स्वागत सहयोग समिति संयोजक रामप्रसाद रोक्काले गरेका थिए भने सेवा केन्द्रको वस्तुस्थिति माथि सेवा केन्द्र प्रमुख लक्ष्मी प्रसाद रिजालले प्रकाश पारेको अनुगमान अधिकृत घनश्याम रायले जानकारी दिए ।

लेखा परीक्षण प्रतिवेदन सहकारीका सदस्य पदमलाल भट्टराई प्रस्तुत गरेका थिए भने वार्षिक नीति तथा कार्यक्रम संचालन समिति सदस्य भीम वहादुर गिरीले प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here