दुधे,

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रीय अधिवेसनको कार्यतालिका सार्वजनिक भएपछि झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा (क) का सभापति पदमा विनोद ढकालको नाम चर्चामा रहेको छ ।
झापा शिवसताक्षी नगरपालिका वडा नम्बर १ धरमपुरका ढकालले झापा निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा (क) को सभापति पदका लागि उम्मेदवारी दिने उनि निकट नेताले बताए । विभिन्न पदका लागि काँग्रेसका कार्यकर्ताहरुबाट उम्मेद्वारी घोषणा गर्ने क्रम चलिरहेको बेला ढकालको नाम तल्लो तहका कार्यकर्ताले सार्वजनिक गरेका हुन् ।
नेपाली कांग्रेसको १४ औ महाधिवेसन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश ‘क’ को क्षेत्रिय सभापतिका लागि ढकाल उपयुक्त र बलियो पात्र भएको पाँचगाछीका राकेश ताजपुरियाले बताए । ‘उहाँको इच्छा छ छैन मलाई थाहा छैन । तर, पार्टीमा गरेको योगदानका आधारमा ढकालनै निर्विकल्प उम्मेद्वार हुन्,’ उनले भने । काँग्रेसको संगठन बिस्तारका लागि पनि उनको उम्मेद्वारी अपरिहार्य रहेको ताजपुरियाले बताए ।
‘ढकालको क्षमता नेपाली कांग्रेस पार्टी संगठन निर्माणमा बल पुर्याउने सम्मको भएको पार्टीले बुझेको अर्का समर्थक मचिन्द्र शेर्माले बताए । ‘मुलुक तीन तहकै निर्वाचनको संघारमा छ । अब बन्ने प्रदेश सभा सभापतिको काँधमा सबै निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वारलाई बिजयी गराउनु पर्ने ठुलो चुनौती छ । त्यसैले पनि ढकाल ४ नम्बर क्षेत्र प्रदेश (क)को सभापति पदका लागि योग्य उम्मेद्वार हुन्,’ शेर्माले भने ।
शेर्माका अनुसार ढकालले सबै तरहको क्षमता राख्न सक्छन् । ढकालले इच्छा देखाए उनि क्षेत्र नम्बर ४ प्रदेश सभा (क)’ को सभापति पदका लागि १ मात्र योग्य र पारदर्शी उम्मेदवार हुन् । उनको जिम्बेवारीले नेपाली कांग्रेस स्थानीय समितिमा अप्रत्यासित परिवर्तन र पार्टीमा रचनात्मक सहयोग हुने शेर्माले बताए ।
यता ढकालले पार्टी र कार्यकर्ताले आफ्नो आवश्यक्ता महसुस गरेर जिम्मेवारीलाई सहजै पुरा गर्न आफु सक्षम रहेको बताए । पार्टी र संगठनका लागि मेरोे भुमिका आवश्यक ठानिए उम्मेदवारीमापछि नहट्ने उनले बताए ।
पार्टीका जिल्ला तहका एक नेताले ढकाललाई सर्वसम्मत रुपमा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा (क)को सभापति बनाउन लविङ्ग भइरहेको बताएका छन् । सो पदमा आकाक्षीको संख्या दुई भन्दा नबढ्दा सर्वसम्मत रुपमा नेतृत्व चयन हुने नेपाली कांग्रेस झापाले जनाएको छ । श्रोतले भन्यो ‘सकेसम्म झापाका १० वटै प्रदेश सभामा सभापति सहित नेतृत्व सर्वसम्मत चयन हुने छ ।’
ढकाल २०५५ मा नेपाली काँग्रेसको क्रियाशील सदस्यता लिएर राजनीतिमा सक्रिय भएका हुन् । ०४६ सालमा मोति माध्यमिक विद्यालयको ईकाइ सचिवबाट विद्यार्थी राजनीति सुरु गरेका ढकालले दमक बहुमुखी क्याम्सबाट मानविकी संकायमा प्रविणता प्रमाण पत्र तह उतिर्ण गरेका थिए । त्यसपछि राजनीतिक सास्त्रबाट स्नातक तहको अध्ययन कनकाई क्याम्पस सुरुङ्गाबाट पुरा गरे ।
०५५ मा भएको स्ववियु निर्वाचनमा उनि भारी मतका साथ कनकाई क्याम्पस सुरुङ्गाको सभापति पदमा निर्वाचित भए । ढकालले मदन आश्रीत मेमोरियलबाट विएड पनि पुरा गरेर एसोसिएट अफ आट्सको अध्ययनका लागि सिंगापुर गए । अध्ययन पुरा गरेर नेपाल फर्किएसंगै राजनीति र समाजसेवामा उनि लागि परे ।
०६४ देखी ७४ सम्म ढकाल साविकको धरमपुर गाविसको राजनीति संयन्त्र समितिमा रहेर काम गरेका अब्बल कार्यकर्ता हुन् । पार्टी संगठन निर्माणका लागि दिन र रात नभनी खट्न सक्ने क्षमताका रुपमा ढकाललाई नेता कार्यकर्ताले चिन्ने गरेका छन् ।
नेपाली कांग्रेसको १२ औ र १३ औ अधिवेसनबाट ढकाल ततकालिन धरमपुर गाविसको पार्टी सभापति पदमा निर्वाचित भए । ११ औ अधिवेसनमा उनि सर्वसम्मत सभापति भए भने १२ औ अधिवेसनबाट निर्वाचन प्रकृयाबाट पार्टीको सभापति निर्वाचित भए । राज्य पुर्न संरचना पछि ढकाल शिवसताक्षी नगरको सह सभापति भएका थिए ।
राजनीतिसंगै ढकाल सामाजिक र ब्यवसायीक जीवनमा समेत सफल मानिन्छन् । उनि धरमपुर बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक हुन् भने म्यानेजर्स क्लव शिवसताक्षीका अध्यक्ष समेत हुन् र उनि जिल्ला बचत तथा ऋण सहकारी संस्था झापाको सदस्य समेत हुन् ।


























