चिस्यान केन्द्रमा तीन हजार केजी बढी आलुको बीऊ कुहिएर नष्ट

0
736

पथरीशनिश्चरे,

चिस्यान केन्द्रको असावधानीले मोरङको पथरीशनिश्चरे -१ स्थित पथरी कृषि सहकारी संस्थाले राखेको तीन हजार तीन सय किलो आलुको विउ कुहिएर नष्ट भएको छ।

पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको नेतृत्वको टोलीले आलुको विउ भण्डारण स्थलमा अनुगमन गरेपछि सो कुरा पत्ता लगाएको हो ।

अनुगमन पछि उपप्रमुख वास्तोलाले उचित क्षतिपूति सहित विमाको लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

संस्थामा आवद्ध कृषकहरुबाट उत्पादन गरी सहकारीमार्फत झापाको दमकस्थित शान्ति कोल्ड सेन्टरमा भण्डारण गरि राखिएको थियो । तर कृषकले आलु रोप्ने समय हुन लागेपछि विउ फिर्ता ल्याउन खोज्दा राखिएको सवै ६६ बोरा आलु कुहिएको पाइएको सहकारीका अध्यक्ष हरिराज प्याकुरेलले जनाउनुभयो ।

नियमित चिसोपना गराउने मेसिनमा आएको समस्याका कारण आलु कुहिन पुगेको चिस्यान केन्द्रले जवाफ दिएको छ। प्रति गोटा २० रुपैयाँ दरले किनेर पीवीएस आलुबाट उत्पादित मुल विउ कुहिदा ३ लाख ३० हजार रुपैयाँ बढीको क्षति भएको छ ।

कृषकहरुले आलु रोप्ने समयमा बीऊ नपाएर कृषकहरुमा समस्या आएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । हाल १ सय रुपैयाँ प्रति केजी पर्ने आलुको चिस्यान केन्द्रले प्रति केजी ५० का दरले मात्र विमा गराएको वताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here