एक अपूर्ण जीवन

२७ कार्तिक २०७८, शनिबार मा प्रकाशित

बाबुको देहान्त भएको वर्षदिन नपुग्दै आमाको पनि मृत्यु भयो । बुवाको पिउने बानीले गर्दा ज्यान गयो । उमेरले आठ दशक पार गरिसकेका घरले जा जा बनले आइज भन्ने बेलामा पनि केही समय संसार देख्ने आशा थियो उनलाई । तर, छोराछोरीका हर प्रयास विफल भए । परिवारका लागि जेथो जोहो चाहिँ जोडेरै गएछन् उनले । एक वर्ष नपुग्दै आमाको पनि चोला उठ्यो । आमाले चाहिँ धेरै दुःख गरिन् । उनी पनि लामो समयसम्म ओछ्यान परिन् । थलिएको धेरै दिन बितिसकेको थियो । औषधीमूलो, धामी, झाँक्री, बिजुवा, वैद्य, डाक्टर सबैथोक गरे । तर, बीसको उन्नाइस भएन अन्त्यमा कालले लगी छाड्यो । एक त पुरुषलाई भन्दा महिलालाई कामको बोझ दोब्बर हुन्छ नै । साँझ–बिहान चुलोचौका गरेर बाहिरी चिया कमानको मजदुरी गर्नु बाध्यता थियो उनलाई । घामपानी, झरीबादल नभनि अविरल कामको बोझले जीवन व्यतित भएको थाहै भएन उनलाई । जीवनभरि मजदुरी गर्दागर्दै उमेरले सात दशक पार गरिसकेको थियो । उनी केही दिनदेखि ओछ्यानको ओछ्यानमै थलिएकी थिइन् । छोराहरुले बचाउन हर प्रयास गरे । तर, केहीले थामेन अन्त्यमा कालले लगी छाड्यो उनलाई यो संसारबाट ।

घामपानी, हिउँद, वर्षा निरन्तर काम र मामकै जोहोमा बितेको उनको जीवन कहिल्यै मिठो–मसिनोको स्वाद र राम्रो नलाइकन चार छोरा र तीन छोरीकी आमा भइन् । परिवारकै निम्ति जीवनभर मेहनत मात्र गरिनन्, उनका आफ्ना इच्छा–आकांक्षा मृगतृष्णा मात्र भए । बचाउन छोराहरुले हर प्रयास गरे अन्त्यमा कालसँग कसको के लाग्छ र लगी छाड्यो उनलाई । सन्तानका नाममा चार छोरीहरु मध्ये तीन छोरीहरुको लगनगाँठो बाँधिदिएकी थिइन् । एउटी छोरीको भने आमाको मृत्युपछि जेठो छोरो कालिकाको काँधमा सबै जिम्मेवारी आयो । कालिकाले सबै व्यवहार हेर्नुप¥यो, हेर्ने दायित्व पनि थपियो । माइलो भाइ कौशलको आफू पत्नी र छोरो एक छोरी चार जनाको परिवार थियो । जेठो कालिका आफ्नो काममा अड्किरहने भएकाले निरन्तर सम्पत्ति कै निम्ति रातदिन मेहनत गर्दथ्यो । उसलाई आफ्नो उमेर बितेको पत्तै भएन । आज उसले गणना ग¥यो चारदशक पार भएको आफ्नो उमेर आज पो कालिका झसँग हुन्छ । उसलाई छाँगाबाट खसे जस्तो भयो । अब पनि विवाह गर्न ढिला गरे बित्याँस हुने भएकाले बुझेको जानेको ठाउँमा दौडधुप गर्न थाल्यो कालिका ।

कथा

आफ्ना मानिसहरुसँग विवाहको प्रस्ताव राख्दा उनीहरुले कालिकालाई विश्वासै नगर्ने भइसकेका छन् । किनकि पहिला–पहिला आफ्ना मानिसहरुले कालिकालाई प्रस्ताव राख्दा एक कानले सुनेर अर्को कानले उडाउने गथ्र्यो । त्यसैले विवाहको कुरा गर्दा कसैले विश्वासै गदैनन् । कालिकाले अब पनि जोडी नबाँधे उसले यो जीवन अधुरो महशुस ग¥यो । पैसा कमाएर मात्र नहुने रहेछ भन्ने हेक्का अब उसलाई हुन थाल्यो । पैसा कमाएर त्यो पैसाको उपभोग अनि संरक्षण कसले गर्ने । कता–कता के–के नमिले जस्तो एक्लो जस्तो लाग्न थाल्यो उसलाई । पैसा मात्र सबैथोक होइन रहेछ, घर परिवार, इष्टमित्र, स्वास्नी, छोराछोरी सबै ऐना जस्तो आँखा अगाडि देख्न थाल्यो कालिकाले ।

आफ्ना सन्तान नै नभए पैसा कसका लागि कमाउने ? अर्थ भएन कालिकाले आफैलाई प्रश्न गर्छ । ‘उफ’ आफैलाई धिकार्छ विवाह कै मुहुर्त पो नजुरेको हो कि ! यसको अर्थ पनि कालिका शंका गर्छ । कालिकालाई पैसाको खाँचो छैन । तर, त्यो पैसा सञ्चिता गर्ने गृहिणीको खाँचो छ । भने जस्तो जोडी भेट्न उसले धेरै दौडधुप प¥यो । आफ्नो उमेरको हिसाव लगायो अब उसले कस्ती र कति उमेरकी केटी विवाह गर्नुपर्छ बल्ल उसलाई हेक्का भयो । तर, उसले एक–दुई वर्ष अगाडिसम्म भर्खर १७÷१८ वर्षकी युवती हेथ्र्यो । विवाहको प्रस्ताव पनि राखेको थियो रे, तर केटीका बाबुआमाले इन्कार गरिदिएछन् । त्यसो हुँदा उसको उमेर अनुसारको जोडी गाउँघरतिर छैनन् । उसलाई के भन्ने गाउँघरमा हाँसोको पात्र बन्छ कालिका । कालिकाको बारेमा कुरा काट्नेहरुको कमी भने छैन । अनि उसले पैसा कमाएकोमा छिमेकीहरु डाह गर्छन् । अरुहरुलाई जलन छ किन ? यस प्रश्नको जवाफ पनि कालिकासँगै छ । त्यसैले सबैको जलन र आफ्नो पनि आवश्यकताको परिपूर्तिका लागि कालिकाको अब चाहिँ विवाह मुहुर्त निस्कने भएको छ । तर, केही दिन पर्खन बाध्य छ ऊ किनकि बाबुको मृत्यु भएको एक वर्ष हुनै लागेको र आफ्ना बुवाले मर्ने बेलामा भनेको वाचा पु¥याउन दुई–तीन महिना समय बचेकोले त्यहीबीचमा मरेको बाबुको कपुर बनाउने भएको छ कालिका । बाबुले म मरेपछि मेरो लास गाडेको ठाउँमा एउटा राम्रो कपुर बनाएस् भनेकाले ऊ त्यसमा जुटेको छ । कालिका वैष्ण जाति भएकाले उसको धर्म र संस्कृतिको संरक्षणका निम्ति जुटेको छ । आफ्नो बाबुको इच्छा पूरा गरेर मात्र उसले विवाह गर्ने भएको छ । कालिकाको सबैसँग मिल्न सक्ने खुबी छ । ऊ अरुहरु सानो–ठूलो सबैको कुरा सुन्छ । आफूभन्दा ठूलालाई आदर र सानालाई माया गर्छ । सम्पत्ति नभएर अल्छिपनामा रमाउने नियति पनि छैन उसमा । कालिका लुगा लगाउनमा अलि सौखिन छ । तर, खानमा मिठो–मसिनो जस्तो भए पनि हुन्छ उसलाई ।

उसले विवाह गरे दम्पत्ति सुखैले राख्ला । आफ्नो चाजोपाजो भने मिलाइ सकेको छ । भाइका छोराछोरीहरुलाई उसले भन्ने गर्छ– परिश्रम गर अनि मात्र फल मिल्छ । समाजमा नाम–दाम दुबै चाहिन्छ । कसैले छि भनेर औला नठड्याउन । उसले भाइका छोराछोरीहरुलाई यतिमात्र भन्न सक्छ । आफूले सबैथोक गरी दिए अरुको अल्छीपना बन्छ । त्यसैले परिश्रम गर अनि मात्र सफलताको शिखरमा पुग्न सक्छौ । उसको भनाइ यति मात्र हो । माइलो भाइ कौशल आफ्नै पारामा रमाउने व्यक्ति थियो । दाजु कालिकाको कुरालाई पहिला–पहिला मनन् गथ्र्यो । उसका बाबुले पिउथे त्यो पिउने बानी वंशानुगत माइलो छोरो कौशलमा सरेछ । उसले बाबुको बिडो थामेछ । जेठो कालिकाले भन्ने गथ्र्यो । तिमीले यस्तो लत छोड यस्तो बानी पटक्कै राम्रो होइन । बाबु पनि त्यही पिउने बानीले गर्दा रोग लागेर छिट्टै परमधाम भए त्यो लत अब तिमीमा सरेछ । यस्ता कुरा कौशलले एक कानले सुनेर अर्का कानले उडाउँछ । ऊ पिउन पनि छाड्दैन । कहिलेकाही दाजु कालिकासँग झगडा गर्छ । दाजुले भनेको अब भने मान्न छोडेको छ कौशलले । उसले विपरीत चाल चल्नेदेखि लिएर घरपरिवारबाट अनि समाजका अगाडि अभिषापको पात्र बनेको छ कौशल ।

जसको चाहिँ चार जनाको परिवार छ उसकै चाला विपरीत भई दियो । परिश्रमदेखि पछि हट्ने मानिस कहिल्यै सफल हुँदैन यो कुराको ज्ञान कौशलमा छैन । उसका चार जनाको परिवार भए पनि उसलाई कसैको पर्वाह छैन । उसकी श्रीमती मजदुरी गर्छे (अस्थायी) । चिया कमानमा कौशलको काम छैन । कामको लाइन पकडेन उसले । भर दिन काम बेकार घुम्छ । कसैले पियाइदिए दिनमै पनि पिइदिन्छ । यस्ता पिउने एकछिन साथी बन्छन् । पिइ सकेर एकअर्कासँग कुटपिट गर्छन् त्यस्ता मानिसको बोलीमा दम हुँदैन । अश्लील र फोहोरी बोल्छन् । कसैले पत्याउन्न उसका बाबु पनि त्यस्तै थिए र तर कसो–कसो जेथो चाहिँ बुडाले जोडी दिएछन् । परिवारलाई अचल सम्पत्ति जग्गाजमिन यथावत छदैछ । कौशलको हात परे भएको पनि सिध्याउने नियति छ उसको तर कालिकाले दिँदैन । कौशल अचल सम्पत्ति लिनका निम्ति आफू र परिवार लिएर अलग्गै बस्ने कुरा गर्छ । तर, कालिका भने अरु जोड्ने कुरा गर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here