प्रदेश ‘क’ मा ढकाल र ‘ख’ मा सिटौला

0
592

झापा,
नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि झापा क्षेत्र नम्वर ४ बाट जयनारायण साहले उम्मेद्वारी घोषणा गरेका छन् । उनीसंगै झापा क्षेत्र नम्वर ४ प्रदेश ‘क’का लागि विनोद ढकाल र प्रदेश ‘ख’का लागि ख्यामराज सिटौलाले समेत उम्मेद्वारी घोषणा गरेका छन् ।
कनकाई नगरपालिकास्थित सुरुङ्गामा आज एक कार्यक्रमकाबीच उनीहरुले उम्मेद्वारी घोषणा गर्दै आफूहरुसंगै पार्टीको सभापति पदका उम्मेद्वार देउकुमार थेवेलाई समेत निर्बाचित गराउन अपिल गरेका छन् ।
झापा क्षेत्र नम्वर ४ का लागि सभापति पदमा उम्मेद्वार साह झापा गाउँपालिकाका अध्यक्ष हुन् । हाल समेत क्षेत्रीय सभापति पदमा रहेर कार्य गरिरहेका साह दुई पटक क्षेत्रीय सभापति भएर पार्टीलाई चलायमान बनाएका छन् ।
विद्यार्थी जीवनबाटै राजनीतिमा लागेका झापा क्षेत्र नम्वर ४ प्रदेश ‘क’का उम्मेद्वार विनोद ढकाल कनकाई क्याम्पसमा स्ववियू सभापति हुँदै विभिन्न संघ संस्थामा रहेर काम गरिसकेका व्यक्ति हुन् भने प्रदेश ‘ख’ का उम्मेद्वार बनेका सिटौला जामुनखाडी सामुदायिक वन समितिका अध्यक्ष हुन् । उनले यस अघि पार्टीको विभिन्न पदमा रहेर महत्वपूर्ण जिम्वेवारी निर्वाह गरिसकेका छन् ।
जिल्ला सभापति पदका उम्मेद्वार देउकुमार थेले , झापा क्षेत्र नम्वर ४ प्रदेश ‘क’का लागि उम्मेद्वार ढकाल र ‘ख’ को सभापति पदका उम्मेद्वार सिटौलाले घोषणा पत्र समेत सार्वजनिक गर्दै भावी दिनमा पार्टीलाई चलायमान बनाउँदै लाने प्रतिवद्धता जनाएका थिए ।
नेपाली कांग्रेस कनकाई ३ का सभापति तुलसी विमलीको सभापतित्वमा भएको कार्यक्रममा कनकाई नगर सभापति दुर्गा प्रसाई, शिवसताक्षी नगर सभापति अशोक बस्नेत, झापा गाउँपालिकाका सभापति सागीरथ गणेश, पार्टीका पूर्व जिल्ला सचिव भक्ति सिटौला लगायतले पार्टीको जिल्ला सभापति पदका उम्मेद्वार थेवे सहितका उम्मेद्वारलाई निर्वाचित गराउन अफिल गरेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका कनकाई नगर सचिव रेणु प्रसाद कडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here