जनप्रतिनिधिको आगमनसँगै सहकालेमा विकासका कार्यक्रमहरुले निरन्तरता पाउन थाल्यो

४ मंसिर २०७८, शनिबार मा प्रकाशित

अमित खम्बू,
अर्जुनधारा ।

‘झापाबाट उछिट्टिएको इलामले नदेखेको’ स्थानको रुपमा परिचित झापा र छिमेकी जिल्ला इलामको सिमानामा पर्ने सहकाले क्षेत्रमा विकासका कार्यक्रमहरुले निरन्तरता पाउन थालेको छ ।

जनप्रतिनिधि नभएको अवस्थामा विकासका सामान्य पूर्वाधारमा समेत पहुँच नभएको सहकालेवासीका लागि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनपछी सहकालेमा विकासका कार्यक्रमहरुले प्राथमिकता पाउन थालेको हो ।

२०७४ साल अघिसम्म भएको विभिन्न निर्वाचनमा उम्मेद्ववारहरु भोट समेत माग्न नजाने सहकालेको बस्तीमा स्थानीय तहमा जनप्रतिनिधिको आगमनसँगै सहकालेलाई कृषि, पशुपालन र पर्यापर्यटनको क्षेत्रमा विकास गर्ने लक्ष्य अनुसार कार्यक्रमहरु अघि बढाइएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए ।

अर्जुनधारा नगरपालिकाको केन्द्र शनिश्चरे बजार–खुदुनाबारी–साठीमुरे–लाप्चेटार–मंगलटार–धनसार हँुदै अनुमानित १९ किलोमिटरको दुरीमा रहेको सहकालेमा हालसम्म सडकको ट्रयाक निर्माण, विद्युतिकरण, खोप तथा गाउँघर क्लिनिक सञ्चालनलगायत कार्यक्रम गरिएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले जानकारी दिए ।

२०७५ साल मंसीरमा आफ्नो पहिलो अवलोकन भ्रमणको क्रममा सहकालेलाई पर्यापर्यटनको क्षेत्रमा विकास गर्ने लक्ष्य अनुसार प्रमुख रानाले अर्जुनधारा–२ (झापा), माई–५ र सूर्याेदय–१४(इलाम)को संगमस्थलमा रहेको ‘सहकाले झरना’को प्रबद्र्धनको गर्न कार्यक्रम सुरु भइसकेको बताए ।

राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा ‘सहकाले झरना’को प्रबद्र्धन गर्दै आन्तरिक तथा बाह््य पर्यटकहरुलाई सहकालेमा पु¥याउने र सहकालेवासीहरुको आर्थिक जीवनस्तर उकास्ने किसिमका पर्यटक केन्द्रीत कार्यक्रमहरु सञ्चालन गर्ने उद्धेश्यले उक्त कार्यक्रम सुरु गरिएको प्रमुख रानाले बताए । उनी भन्छन्–“आकर्षक झरना अवलोकनसँगै पर्यटकहरुको लागि होमस्टे, मौलिक खानाका परिकारहरु, विभिन्न जातीहरुको सांस्कृतिक नृत्य आदिले पर्यटकहरुलाई सहकालेमा पु¥याउनेछ ।”

नगरपालिकाकोतर्फबाट ‘सहकाले झरना’को प्रबद्र्धन गर्न यस अघि पर्यटकीय सम्भाव्यताको अध्धयन, प्रचार प्रसार, पर्यटनसँग सम्बद्ध सरोकारावालाहरुको सहभागितामा एक दिवसीय पदयात्रा र झरनासम्म पुग्ने गोरेटोमा रहेको बेलटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मुहान क्षेत्रको ट्याङकीलाई नजिकैको खानीखोलामा स्थानान्तरण गरिएको छ ।

त्यसैगरी चालु आर्थिक वर्ष ०७८/०७९मा पनि तीन वटा योजना सञ्चालन हुन लागेको नगर कार्यपालिका सदस्य एवम् अर्जुनधारा–२ वडा समितिका अध्यक्ष रघुनाथ खनालले जानकारी दिए । उनका अनुसार पर्यटन बोर्ड र नगरपालिकाको साझेदारीमा साठीमुरे–लाप्चेटार–सहकाले सडक खण्डमा पर्ने सहकाले खोलामा ट्रस्ट पुल निर्माण गर्न ५६ लाख रुपैयाँ, नगरपालिकाको आन्तरिक स्रोतबाट झरनासम्म पुग्ने पदमार्गको स्तरोन्नती र पर्यटकहरुको लागि झरना भएको क्षेत्रमा सिंढी निर्माण गर्न १५ लाख रुपैयाँ र सडक मर्मत गर्न दुई लाख रुपैयाँ विनियोजन भएको छ ।

यसैबीच सोही कार्यक्रमहरु सञ्चालन गर्नको लागि नगर प्रमुख हरिकुमार रानाको नेतृत्वको टोलीले सहकाले क्षेत्रको अनुगमन गरेको थियो । अनुगमन पश्चात् आयोजित भेलामा प्रमुख रानाले योजना कार्यान्वयन र बाल शिक्षा सञ्चालनको लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

टोलीमा नगर कार्यपालिका सदस्य एवम् पूर्वाधार संयोजक रमेश त्रिखत्री, नगर सभा सदस्य बलबहादुर समाल, पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख प्रभात भट्टराई, नगर प्राविद्यिक शाखाका इन्जिनियर भूपेन्द्र शाह, नगर पशुपंक्षी,मत्स्य तथा कछुवा विकास शाखाकी प्राविद्यिक सेविका शिवाकोटी, बेलटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र आचार्य, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, अगुवा रुपनारायण समाललगायतको सहभागिता रहेको थियो ।

सहकालेमा १९ घरधुरीः

‘मेरो गणना, मेरो सहभागित’ भन्ने मूल नारासहित राष्ट्रिय जनगणना–२०७८को कार्यक्रम सञ्चालन भइरहँदा सुगम जिल्लाको दुर्गम स्थानकोरुपमा परिचित सहकालेमा पनि शुक्रबार जनगणना कार्यक्रम सम्पन्न भएको छ ।

१९ घरधुरी रहेको सहकालेमा सुपरीवेक्षक दीपक भण्डारी र गणक सुमन दाहालले संयुक्तरुपमा जनगणनाको कार्य सम्पन्न गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here