एक अपूर्ण जीवन

४ मंसिर २०७८, शनिबार मा प्रकाशित

क्रमागत…  

कौशल अरुको कुरा सुन्दैन बुद्धिजीवीका अर्ति उपदेश मान्दैन व्यापारको बारेमा उसलाई केही थाह छैन । असल मानिसको संगत गर्दैन । काम गर्न खोज्छ, तर सफल हुँदैन । पहिलो कुरा उसले पिउन छाड्नुपर्छ । दोस्रो असल बुद्धिजीवीको संगत गर्नुपर्छ । ठूलालाई आदर र सानालाई माया गर्न सिक्नुपर्छ । आफू इमान्दार बन्न सक्नुपर्छ, सबैसँग मित्रताको भाव राख्न सक्नुपर्छ । सफल अवश्य हुइन्छ । यो कुरा कौशलले बुझेकै छैन । ऊ बुझ्न पनि चाहँदैन । त्यसैले ऊ सधैँ असफल मात्र हुन्छ । पत्नी लक्ष्मी, छोरा देव, छोरा प्रेक्षा बाबुको त्यो चाला देखेर आजित भएका छन् । बाबुले केही गर्लान् भनेर बाटो हेर्दाहेर्दै सबै परिवारलाई मृगतृष्णा मात्र भएको छ ।

उनीहरुले आफ्नो भविष्य अन्धकार हुने देखेका छन् । जेठो कालिका आफू अविवाहित भए पनि रातोदिन पैसाकै निम्ति मेहनत गर्दैछ । उसलाई खाने फुर्सद छैन, सुत्ने समय छैन । तर, माइलो भाइ कौशलको पहिलोपत्नी मरेपछि उसले कान्छी श्रीमती ल्याएको हो । पहिलो पट्टिको छोरा देव र छोरी प्रेक्षा हुन भने लक्ष्मीको पनि पहिलो लोग्ने पट्टिको एक छोरी उसकै मावलमा बस्छिन् । उसको बाबुको मृत्युपर्यन्त कौशलसँग आएकी हो । लक्ष्मी आफू सौतेनी आमा भएकाले अहिले सौतेनी आमाको व्यवहार गरेकी छ । उसले ती दुबै छोराछोरीका लागि कुनै पर्वाह राखेकी छैन । तिनीहरुलाई भने आफ्नो भविष्यको चिन्ता छ । छोराछोरीहरु अब ठूला भइसकेका छन् । छोरो देव १९ वर्ष र छोरी प्रेक्षा १७ वर्षकी भइन् । उनीहरुको भविष्यमा केही गरेर देखाउने चिन्ता छ । बाबुको चाला देखेर उनीहरु त्यो ठाउँबाट अन्तै गई आफ्नो नाम र दाम कमाउने अठोट लिएका छन्, तर अध्ययनका क्रममा भने दुबै जना माथि जान सकेनन् ।
बाबुले समयमा पढाउन सोचेनन् । छोरा देवले १२ सम्मको अध्ययन र छोरी प्रेक्षाले दशौं कक्षा उत्र्तिण गर्न सकिन । वडाबाबुले त्यतिसम्म सहयोग गरे त्यसपछि उनीहरुको पढाइमा पूर्णविराम लाग्यो । छोरा देव आफ्नो गाउँघर छोडेर टाढा कतै गएर केही गर्ने निर्णय लियो । छोरी प्रेक्षा भने छोराको जस्तो स्वतन्त्र नभई दिनाले कसैको संरक्षणमा कही केही गर्दै होली आफ्ना बाबुलाई त्यसको चिन्ता छैन । जीवनमा यस्तो अपूर्ण जिन्दगी कसैको नहोस् । कान्छो भाइ सुबोधको विचार, नीतिनियम परिवारको कुनै सदस्यसँग मिल्दैन । घरको माहौल बिथालेलिएको देखेर सुबोध बैरागी जस्तो हुन्छ । उसले घरमा बस्न, खान छोडिसकेको छ ।

कथा

ती तिनै भाइको नीतिनियम र विचारहरु पृथक थिए । जेठो कालिका पैसाको निम्ती धेरै परिश्रम गथ्र्यो । माइलो भाइ कौशल केही नगर्ने भएको सिध्याउने, कान्छो भाइ सुबोध भने दुबै दाजुहरुभन्दा पृथक थियो । रमेशको भेट सुबोधसँगभन्दा पहिला कालिकासँग भएको थियो । सुबोध केही गर्न खोज्ने तर सफल नहुने, प्रयासैप्रयासमा उसको दिन व्यतित भइरहेको थियो । सुबोध आफू भावुक रहने केही सोचिरहेको जस्तो तर कुनै कुराको टुंगोमा पुग्न नसक्ने, भाइको त्यस्तो चाला देखेर कालिकाले रमेशलाई आग्रह गर्छ– ‘रमेश सर तपाईसँग मेरो एउटा गोप्य कुरा छ ।’ रमेशले ‘के होला भन्नुहोस् न’ भन्यो । कालिका आफ्नो भाइ सुबोधको दिमागलाई केही परिवर्तन गराउन चाहन्थ्यो । ‘उसलाई यस्तो काम दिनुप¥यो कि उसले त्यो कामको निम्ति निकै मेहनत गर्नुपरोस् । सुबोधको दिमागलाई अन्त जान नदिनका लागि अर्थात् परिवर्तन गराउन कामको बोझलाई अलि सकस बनाइ केन्द्रीत गराउने यो काम तपाईंबाट सम्भव छ ।’ भन्यो । जहिलेदेखि सुबोधसँग रमेशको भेट भयो । त्यसैबेलादेखि उसले रमेशलाई प्रश्नको प्रहार गर्न थाल्यो । जे प्रश्न गर्छ त्यसै जवाफ सुबोधलाई दिँदै जान्थ्यो र उसको चित्त पनि बुझ्दोरहेछ । फेरि त्यो प्रश्न उसले सोध्दैन थियो । कालिकाले रमेशलाई भनेको पनि थियो । ‘उसको प्रश्नको जवाफ एकमात्र तपाईले दिन सक्नुहुन्छ । किनकि उसको मनोभाव रमेशले बुझेको थियो । तपाईं लेखक अनि पत्रकार पनि हो त्यसैले मेरो भाइले पक्कै पनि तपाईबाट सफलता पाउँछ भन्ने आशा मैले लिएको छु । त्यसैले मैले तपाईलाई भाइ जिम्मा लगाएँ मेरो निम्ति काम सोचेर गरिदिनुप¥यो सर ।’ रमेशले कालिकाको कुरालाई गम्भीरताका साथ लियो । एउटा बिग्रिएको मानिसलाई सुधार्न सके उसको धेरै ठूलो कल्याण हुने थियो ।

रमेशले त्यो सोचेर कालिकालाई भन्यो– ‘ठिकै छ भाइ उसलाई म भए ठाउँमा पठाइ दिनुहोला म सक्दो प्रयास गर्छु । उसलाई सुधार्न एक कामको जिम्मा दिनुपर्छ नत्र गाह्रो हुन्छ आफूले निगरानी राख्नुपर्छ ।’ सुबोध अन्य केटाहरुभन्दा अलग स्वभावको थियो । ऊ बिन्दास एक्लै बस्ने के–के सोचिरहने गथ्र्यो । सुबोधको पहिला एउटा विवाह भएको थियो रे यो कुरा सुबोधले रमेशलाई भनेको रहेछ । कुन्नी के भयो उसकी श्रीमतीले उसलाई छोडेर गइछ हुन सक्छ त्यस्तै घोत्लने बानीले होला धन्न जयजन्म चाहिँ भएनछ । त्यो पनि सुबोध अझ पागल जस्तो भयो । त्यस्तो मानिसलाई सुधार्न त्यति सजिलो भने थिएन । रमेशको संगतमा लागेपछि ऊ बिस्तारै सुध्रन थाल्यो ।

रमेश एक बुजु्रक र बुद्धिजीवी सर्कलको मानिस थियो । सुबोधको हरेक प्रश्नको जवाफ रमेशले मात्र दिन सक्थ्यो । सुबोध बिहान–बेलुका मात्र नभएर चौबिसै घण्टा रमेशसँगको सम्पर्कमा रहन थाल्यो । सुबोधले रमेशलाई अनेकौं प्रश्नको बौछार गर्ने नै भयो । रमेशले पनि उसलाई सुधार्नका निम्ति उसका हरेक प्रश्नका जवाफ दिँदै गयो । उसको प्रश्नमा गहिरो भाव लुकेको हुन्थ्यो । तर, अरुहरुले उसलाई पागल जस्तो कुरा गर्छ भन्थे र त्यति चासो दिँदैन थिए । यो उसको पागलपनको प्रश्न हो त्यसको जवाफ हामीसँग छैन भन्थे । त्यस्ता प्रश्नको जवाफ भने रमेशसँग मात्र थियो । उसका विविध शीर्षकमा अनेकौं प्रश्नहरु हुन्थे, उसको भनाइ जीवनमा सामाजिक सेवा पहिला र दोस्रो हरेक नेपालीका लागि आफूले जीवन आहुती दिने अठोट गथ्र्यो । गोर्खालीहरु गोर्खाल्याण्डका लागि सदियौंदेखि लडेरै आए आज सात दशक बितिसक्दा पनि अझै सफल नहुनुको कारण के हो ? नेताहरु पैसामा बिके जनताले दुःख पाए । लडेर कयौंको ज्यान गयो, हजारौं व्यक्ति शहीद भएका छन् । आफ्नो धर्तीका निम्ति बलिदान दिए । विगतमा नेपाल भूमिमा रहेका मानिस आज भारतीय भइसकेका छन् ।

यो ठाउँ हामी गोर्खालीको हो । हाम्रा संस्कृति र परम्परा हाम्रा पुर्खाहरुको थलो हामीलाई चाहिन्छ । यसको नामाकरण गोर्खालै नभई नेपाली नै हुनुपर्ने सुबोधको भनाइ थियो । हाम्रा दाजुभाइ, दिदीबहिनीहरु मरेर गए, आफ्ना भूमिका लागि राजनीतिक, सामाजिक न्यायका निम्ति लड्नेदेखि दाम्पत्य जीवनका वेदना र गरिबीका रेखामुनी रहेका नेपालीका निम्ति लड्न प्रवाह नराख्ने सुबोधको यस्ता कुरालाई सबैले यो उसको पागलपन हो भन्दथे । रमेश भन्दै यस्तै प्रश्नको उत्तरको प्रतिक्षामा रहन्थ्यो सुबोध उसलाई यस्तै उत्तरको खाँचो थियो । राजनीतिमा रमेशले पार्टीको झण्डा बोकेर कहिल्ये हिँडेन । तर, उसले कहिल्यै कलम चलाउन भने छाडेन । राजनीतिका लागि सुबोधले सोचेको थियो मेरो हरेक प्रश्नको जवाफ अबमात्र पाउँछु । उसमा विश्वास थियो । सुबोध मंगोलियन ऊ वैष्ण जातिमा पर्दथ्यो । तर, आफ्नो जाति, परम्परा, संस्कृतिको खण्डन गर्न हाम्रो समाजमा परम्परागत चलाउने जाँडरक्सीको उसले विरोध गर्दथ्यो । यो राम्रो भएन परम्परादेखि चली आएका यस्ता नियमलाई तोड्ने र ब्राम्हण जातिमा हुने संस्कृति र परम्परालाई मान्यता दिई मर्दापर्दा, जन्मँदा, विवाहवारीमा हुने नीतिनियमहरुको समर्थन गर्दथ्यो ।

हाम्रो जातिमा हुने विवाहहरुमा पनि मादकपदार्थ मासुमंस नभै नहुने जो चलन छ त्यसको विरोध गर्छ सुबोध । हामीले पिउने कुराहरुमा सीमा नाघी सकेका छौं । हाम्रा वेद ग्रन्थहरुको अवलम्वन गर्दैनौं । हाम्रो परम्परा राम्रो भएन हाम्रो जाति कहिल्ये सुध्रने हो ? अब आउने पिँढीले यसलाई सुधार गर्दै जाउँ यस्तो मासुमंस र मादकपदार्थ पिउने परम्परालाई तोडौं । यसले दिमाग बिगारीसकेको छ । दिर्घकालीन रोग लाग्न नदिनका लागि पौष्टिकतत्व भएका अग्र्यानिक आयुर्वेदिक औषधिको प्रयोग गरौं भन्ने सुबोधको भनाइ थियो ।

हिजोआज रमेशले उसलाई केही समाजसेवाको काम दिएको छ । ऊ निरन्तर त्यसमा लागेर जनताको सेवा गर्न र आफ्नो बुद्धिको विकास गर्ने कटीबद्ध उसले ग¥यो । ऊ गर्न खोज्ने व्यक्ति भए पनि कहीँबाट कसरी शुरु गर्ने भन्ने कुराको ज्ञान नभएकाले बाटो अलमलिएको थियो । तर, अब उसले सही बाटो भेट्यो । रमेश यस्तो व्यक्ति थियो । समाजसेवा, स्वास्थ्य शिक्षाका लागि गाउँ–गाउँमा गएर प्रचारप्रसार गर्ने स्वयम्सेवकको रुपमा काम गर्न व्यक्ति थियो । स्वास्थ्य सम्बन्धीको शिक्षा नपाई चिया बगानका काम गर्ने मजदुरहरुको अकालमा मृत्यु हुने गरिबीका कारण दिनभरि चिया बगानमा काम गर्दा उनीहरुको रोजी रोटीका लागि अपुग दैनिक ज्यालादारीमा काम गर्नुपर्ने ।

कैयौं मजदुरहरुका छोराछोरीहरुमा शिक्षाको अभावका कारण अकालमा मृत्यु हुनेहरुको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । उनीहरुको बस्ने खाने ठाउँ सो एरियाभित्र फोहोर र दुर्गन्धले गर्दा रोगले पीडित ती बालबालिकाहरुको अल्पायुमै मृत्यु हुने स्थिति देखेरै रमेशले यस्तो अभियान चालेको विविध कारणहरु मध्ये उनीहरुको मुख्य कारण मादकपदार्थको सेवनले गर्दा उनीहरुको केही पैसा बने पनि स्वास्थ्यमा हानीकारक वस्तु जस्तै मादकपदार्थ र सुर्तीजन्य कुराहरुले शरीरमा असर गर्न भए पनि त्यतातिर उपचार गर्नुभन्दा शारीरिक हानी–नोक्सानी गर्नेतिर लाग्ने, यी सबैको मुख्य कारण अशिक्षा र अज्ञानताका कारण उनीहरुलाई यस्ता हानीकारकतत्वको सेवनबाट वञ्चित गराइ स्वास्थ्यबद्र्धन तत्वको सेवन गर्ने बचेको पैसालाई बचत गरी राख्ने भोलि आउने आपत्कालीन स्थितिमा काम लाग्ने कुराको ज्ञान उनीहरुको दिमागमा भरी दिए भलाइ हुने सोच्यो रमेशले । स्वास्थ्यको कमीले गर्दा काम गर्न जान असमर्थ रहेका छन् । त्यो दिन उनीहरुको चुलोमा आगो बल्दैन ।

त्यो रमेशले देख्यो किनकि सानैदेखि शिक्षामा पूर्णविराम लागेपछि बालबालिकाहरुको जीवन अन्धकार हुने नै भयो । बरु तनी बालबालिकाहरु बाबुआमासँग काममा हात बटाउने माछा मार्नतिर उनीहरु लागेको पाइयो । के यो उनीहरुको बाध्यता हो ? यस्तै परिवेशमा बाल्य अवस्था बितेको रमेशले देख्यो त्यसका लागि उसले बालबालिका अभिभावकहरुलाई भेला गराइ शिक्षा दिन्छु । उनीहरुका छोराछोरीहरुलाई स्कूल पठाउने सल्लाह दिन्छु । आफूले जीवनभरि चियाकमानमा मजदुर गरे पनि आफ्ना बालबालिकाहरुलाई शिक्षित बनाउन सके भोलिका दिनमा उनीहरुको भविष्य सुखमय हुने थियो र तपाई अभिभावकहरुलाई पनि सुख मिल्ने थियो ।

रमेश २० महिनासम्म यस्तै सेवा कार्यमा जुटेको थियो । उसको व्यक्तिगत खर्च अनि समाजसेवा हो त्यो । रमेश कसैसँग हात पसार्दैन सबै शिक्षित बनुन् सबैको स्तर राम्रो बनोस् र यस्तो समाजसेवामा जुट्ने प्रयास हामी सबैले गरौं भन्ने रमेशको मनसाय हो । सुबोधलाई पनि उसले यस्तै कार्यमा जुट्ने सल्लाह दिन्छ । सुबोध पनि यस्ते कार्यलाई जिम्मेवारीका साथ कार्य गथ्र्यो । तर, त्यसले समाधानको बाटो केही भन्ने कुरा उसलाई थाह थिएन । राम्रो बाटो नभेटे मानिस आफ्नो गन्तव्यमा पुग्न सक्दैन अनि ऊ असफल हुन्छ । त्यसैले रमेशले सुबोधलाई आफ्नो गन्तव्यमा कसरी पुग्ने भन्ने कुराको जानकारी दियो । सुबोधको प्रश्नको जवाफ पनि यही नै थियो । समाजसेवा, जनसम्पर्क, बुद्धिको विकास सबैथोक यसमा पाइन्छ । तर, यसका लागि अविरल प्रयासका साथ सेवाको भावना र दृढ प्रतिज्ञाका साथ लाग्नुपर्छ । सजिलो भने छैन, तर निरन्तर मेहनत गरे अप्ठ्यारो काम पनि सजिलो हुन्छ ।

रमेशको भनाइ आफूदेखि तलकालाई माथि उठाउन सके आफू स्वतःस्फूर्त माथि पुगिन्छ– यो एउटा वैज्ञानिक आधार हो । यता कालिकाले भाइ कौशलका निम्ति सानो एउटा घर बनाइदिएको छ । कालिकाले बाबु मरेको ठाउँमा कपुर बनाएको छ । अहिले उसको पारिवारिक कुरामा धेरै परिवर्तन भएको छ । विवाह पनि आफू सुहाउँदो विवाह गरेको छ । तर, अब कालिका केही दिनपछि विवादमा फस्ने भएको छ । भाइ सुबोध र कौशल भने कालिकातिर लाक्दैनन् । दिदीबहिनी तीन बहिनी छन् ती कालिकातिर लाग्दैनन् उसले केही दिएकै छैनन् । आश भने केही पाउने उनीहरुको बाबुले जमिन निकै जोडका रहेछन् । अचल सम्पत्ति भाइहरुलाई पनि दिनुपर्ने कालिकाले दाजुभाइको अंशबण्डा भएको छैन त्यसैले अंशबण्डामा दाजुभाइ मात्र नभएर दिदीबहिनीहरुलाई पनि दिनुपर्ने सुबोध र कौशलको भनाइ छ ।
सुबोधलाई जनसेवा साथै अर्थको पनि आवश्यकता हुने भएकाले एउटा र्को काम केही सेवा र थोरै अर्थ पनि हुने काम रमेशले दिएको छ । उसको अण्डरमा काम गर्ने साथीहरु अन्य दुईजना थपिएका छन् । चन्दन र कुलाइन चरण दोषी चन्दनले कम्प्युरको काममा निरन्तरता दिएको छ । तर, अब खट्न नसक्ने स्थितिमा छ ऊ । कुलाइनले मात्र अहिले सुबोधलाई साथ दिने भएको छ । सुबोध निरन्तर सेवामा खटेको छ, ऊ एकदिन अवश्यक आफ्नो गन्तव्यमा पुग्नेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here