गुरुङ राष्ट्रिय परिषद् झापाको अध्यक्षमा टीकाराम

५ मंसिर २०७८, आईतवार मा प्रकाशित

बिर्तामोड ।

तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद् झापाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । समितिको जिल्ला अध्यक्षमा टीकाराम गुरुङ सर्वसम्मत रुपमा चयन भएका छन् । समितिको उपाध्यक्षमा जगत गुरुङ, उदय गुरुङ र मिना गुरुङ, सचिवमा रामप्रसाद गुरुङ, संगठन सचिवमा शिव गुरुङ, प्रचार सचिवमा भागिमान गुरुङ र कोषध्यक्षमा रत्न गुरुङ चयन भएका छन् ।

१८ सदस्य जिल्ला समितिमा युरेन्द्र गुरुङ, सुरेन्द्र गुरुङ, नरेन्द्र गुरुङ, भागिमान गुरुङ, दुर्गादत्त गुरुङ, गंगाप्रसाद गुरुङ, फुर्वा गुरुङ, धनकुमारी गुरुङ, झुना गुरुङ र सर्मिला गुरुङ चयन भएका छन् । समितिको कार्यकाल तीन वर्षको हुने प्रदेश उपाध्यक्ष एवम् निर्वाचन अधिकृत आनन्द गुरुङले जानकारी दिए ।

बिर्तामोडमा शनिबार परिषद्का झापाका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा केन्द्रिय अध्यक्ष रेशम गुरुङ रहेका थिए । त्यस्तै अलइन्डिया बुद्धिष्ट एसोशिएसनका प्रेसिडेन्ट आनन्द गुरुङ, केन्द्रिय सहमहामन्त्रि डम्बर गुरुङ, केन्द्रिय सदस्यहरु जलकुमार गुरुङ, दिलिप गुरुङ, १ नम्बर प्रदेश संयोजक लक्ष्मिप्रसाद गुरुङ, आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरत श्रेष्ठ, तमु ह्युल छोज धिं तमु स्यो महिला जिल्ला अध्यक्ष दुर्गा गुरुङ, १ नम्बर प्रदेश संयोजक खिला गुरुङ, प्रदेश १ का उपाध्यक्ष आनन्द गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न जातिय संगठनका प्रमुखहरुको सहभागिता रहेको थियो ।

अधिवेशनमा झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका इकाईहरुबाट पाँच–पाँच जना, भातृ–भगेनी संस्थामध्ये तमुस्यो ह्युल छोज धिंबाट दुई जना, युवा छोज धिंबाट दुई जना, र विद्यार्थी छोज धिबाट दुई जना एवम् गुम्वा व्यवस्थापन समितिको तर्फबाट प्रत्येक गुम्वाबाट १–१ जना प्रतिनिधी सहित पाँच सय जनाको सहभागिता रहेको थियो ।

तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति झापाको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । वरिष्ठ उपाध्यक्ष टिकाराम गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव उदय गुरुङले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here