विवरण संकलन गर्न घर–घर पुग्दै सुपरिवेक्षक र गणक

५ मंसिर २०७८, आईतवार मा प्रकाशित

बिर्तामोड।

हरेक १० वर्षमा सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२ औँ शृङ्खलाको मुख्य गणनाको कार्य भइरहेको छ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि गणकहरु घर–घरमा पुग्ने क्रम जारी रहेको छ ।

जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्न करिब ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक परिचालन गरिएको तथ्याङ्क विभागले जनाएको छ ।

जनगणना सञ्चालन गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय र त्यसअन्र्तगत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् । जनगणनाको फाराममा ८० वटा प्रश्नावली रहेका छन् । एक परिवारलाई प्रश्नावली भर्नाका लागि औसतमा २० मिनेट समय लाग्ने बताइएको छ ।

यस क्रममा देशभरका छ हजार ७४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी सङ्कलन गरी सामुदायिक प्रश्नावली भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने बताइएको छ । झापासहित देशभर जारी जनगणनामा गणकहरु घर–घरमा पुगेर तथ्याङ्क संकलन गरिरहेका छन् । सोही क्रममा बिर्तामोडमा समेत घर–घरमा गणकहरु ऋाउने क्रम जारी रहेको छ । बिर्तामोड नगरपालिका–१ अन्र्तगत चार जना सुपरिवेक्षक सहित १७ जना गणकहरु ख्टिएका छन् ।

बिर्तामोड नगरपालिकामा घरभाडामा बस्ने मानिसको संख्या धेरै छ । इलाम, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरीलगायतका जिल्लासँगै भारतबाट व्यवसाय–मजदूरी गरेर बस्नको संख्या धेरै छ । कतिपयले विवरण दिन आनाकानी गरेको सुपरिवेक्षक बिनिता खनालले जानकारी दिइन् । उनले भनिन्– जनणनामा संकलन गरिएका सबै विवरणहरु गोप्य हुन्छ तर, मानिसहरु विवरण दिन आनाकानी गर्छन् ।

जनगणनामा आउने गणकहरुलाई सम्पूर्ण विवरण दिएर सहयोग गर्न बिर्तामोड–१ म खटिएकी सुपरिवेक्षक हिमादेवी आर्चाय(पौडेल)ले आग्रह गरिन् । शिक्षित वर्गले नै जनगणनामा सहयोग नगरेको भन्दै कटिन अवस्थाका बीच पनि विवरण संकलनको काम भइरहेको उनको भनाई छ । बिर्तामोड–१ मा यमुना खरेल(ओली) र टीकादेवी दाहाल सुपरिवेक्षकको रुपमा खटिएका छन् ।

कतिपय स्थानमा कर उठाउन, भाडा बढाउन, चुनावका लागि विवरण लिन आएको भन्ने मानिसमा भ्रम रहेको पाइएको सुपरिवेक्षकहरुले बताए धेरैले विवरण दिन अन्काउँछन्, धेरै ‘कन्भिन्स’ गर्दा मात्र विवरण दिने गरेका छन् कतिपयले त विवरण दिन नमान्दा समस्या पर्ने र पटक–पटक सम्झाउँदा मात्र दिन्छन्–सुपरिवेक्षक विनिताले भनिन् । उनले मानिसको बुझाइ गलत भएकाले केही समस्या भएको बताइन् । झापामा हाल एक हजार १८७ जना गणक जनगणनामा खटिएका छन् । उनीहरु घरदैलोसँगै खेतबारी र कार्यस्थलमै पुगेर विवरण लिइरहेका छन् ।

जनगणनाका लागि झापामा दुई वटा कार्यालय (बिरिङ नदी पश्चिम दमक र बिरिङ नदी पूर्व भद्रपुर) स्थापना गरिएको छ । यसअघि गरिएको प्रारम्भिक सर्वेक्षणमा झापामा दुई लाख सात हजार ५०० परिवार र करिब १० लाख जनसंख्या रहेको तथ्याङ्क रहेको छ । बिर्तामोडमा कोठा भाडामा बस्ने धेरै रहेकाले प्रत्येकलाई भेट्न जानका लागि एउटै घरमा पनि तीन–चार पटक जानुपर्ने बाध्यता रहेको गणकहरुको भनाई छ ।

कतिपय स्थानमा घरबेटीले विवरण दिन आनाकानी गर्दा कोठामा बस्नेहरु छुट्न सक्ने भएकाले आफु छुटेको थााहा भए तत्काल गणकहरुलाई खबर गर्न आग्रह गरेका छन् । मंसीर ९ गतेसम्म घर–घरमाच आउने गणकहरुलाई विवरण दिन सरकारले आग्रह गरेको छ । मंसीर १० गते कोही छुटेको भए टोल फ्रि नम्बर ११७८ नम्बरमा फोन गरेर विवरण टिपाई दिन आग्रह गरिएको छ । गणक तथा सुपरिवेक्षकहरुले आफ्नो वास्तविक विवरण दिन आग्रह गरेका छन् ।

जनगणनाले देशको आर्थिक तथा भावि योजना निर्माण गर्न सहयोग मिल्ने भएकाले गणकले गर्ने सबै प्रश्नको उत्तर दिाथै वास्तविक विवरण दिएर सहयोग गर्न तथ्याङ्क विभागले अनुरोध गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here