राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको उपाध्यक्षमा डा. खनाल

६ मंसिर २०७८, सोमबार मा प्रकाशित

झापा ।

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको उपाध्यक्षमा गोमेन्द्र महाविद्यालयका प्राचार्य डा .रुपकप्रसाद खनाल चयन भएका छन् ।

काठमाडौंमा सम्पन्न १०औं राष्ट्रिय सम्मेलनबाट डा. खनाल प्रतिष्ठानको उपाध्यक्षमा चयन भएका हुन् । यस अघि उनी प्रतिष्ठानको केन्द्रीय सदस्य थिए ।

डा. खनाल पूर्वाञ्चल विश्व विद्यालयको विद्या परिषद् सदस्य, मानव अधिकार सञ्जाल झापाको महासचिव, हिसान झापाको कोषाध्यक्ष तथा पूर्वाञ्चल दैनिक पत्रिकाका सञ्चालक समिति सदस्य समेत रहेका छन् । विगत लामो समयदेखि मानव अधिकार र शिक्षाका क्षेत्रमा अनवरत रुपमा सेवा प्रवाह गरिरहेका खनाल बिर्तामोडका स्थायी बासिन्दा हुन् ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाको प्रमुख आतिथ्यमा भएको राष्ट्रिय सम्मेलनबाट प्रतिष्ठानको अध्यक्षमा भवानीप्रसाद खरेल, उपाध्यक्ष खनालसहित लक्ष्मणनाथ उप्रेती र राजकुमार गुरुङ चयन भएका हुन् ।

प्रतिष्ठानको महासचिवमा हरिचन्द्र भट्टराई, उपमहासचिवमा घमान तामाङ, कोषाध्यक्ष सोनाम सेर्पा रहेका छन् । त्यस्तै सदस्यहरुमा ज्ञानध्वज तामाङ, सुमित्रा प्रसाईं, भोगेन्द्र झा, नवराज न्यौपाने, अनुराधा जोशी र ई. प्रदीप श्रेष्ठ रहेका छन् ।

सम्मेलनमा पूर्व सभामुख तथा राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका सल्लाहकार दमननाथ ढुङ्गाना, नियोगका अध्यक्ष तथा सल्लाहकार प्रा. कपिल श्रेष्ठ, इन्हुरेड–इन्टरनेशनलका अध्यक्ष डा. गोपालकृष्ण श्रेष्ठ, बरिष्ठ अधिवक्ता तथा संस्थापक अध्यक्ष कृष्णप्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । ५६ जिल्लाबाट प्रतिनिधित्व गर्दै १०औं राष्ट्रिय सम्मेलनले तीन बर्षका लागि नयाँ नेतृत्व चयन गरेको बताइएको छ ।v

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here