रेडस्टार मावि पथरी सेमीफाइनलमा प्रवेश

६ मंसिर २०७८, सोमबार मा प्रकाशित

पथरीशनिश्चरे,

जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय प्रतियोगिताको पहिलो चरणको खेलमा रेडस्टार माध्यमिक विद्यालय पथरीशनिश्चरे सेमीफाइनलमा प्रवेश गरेको छ ।

आज सोमबार सिंहदेवी मावि ,वेलवारीको खेल मैदानमा संचालन भएको प्रतियोगितामा रेडस्टार माविले भगवती माविलाई पराजित गरेको हो । “वेष्ट अफ थ्री’ खेल – नियम अनुसार आयोजक भगवती मावि टिमसँगको प्रतिस्पर्धात्मक खेलमा रेडस्टार माविको टिमले २४-२४, २४-१४ र २४-१७ को अन्तरले विजयी हासिल गरेको हो ।

पर्सी बुधबार हुने सेमीफाइनलको खेलमा मंगलबार शिक्षा सन्देश मावि , वेलवारी र सिंहदेवी एकाडेमी ,राधानगरविच हुने प्रतियोगिताको विजेता टिमसित रेडस्टार टिमले प्रतिस्पर्धा गर्ने रेडस्टार माविका भाईरस प्रिन्सिपल बसन्त मादेनले जनाउनुभयो।

सिंह देवीमावि वेलवारीद्वारा आयोजित उक्त प्रतियोगितामा मोरङ जिल्लाभरीका ८ वटा माविहरूले भाग लिएका छन्। जसमा भगवती मावि (वेलवारी) , शिक्षा सन्देश मावि( वेलवारी) ,रेडस्टार मा वि( पथरी), सिंहदेवी एकेडेमी( राधानगर), झापा मेरीगोल्ड( दमक) , सिद्धार्थ कलेज (खोर्साने) ,ब्राइट फ्यूचर ( विराटचौक) तथा कसेनी मावि (कसेनी ) सहितको सहभागिता रहेकोछ। उक्त प्रतियोगिता आगामी १० गते सम्पन्न हुने भएकोछ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here