सोलुखुम्बु,
जिल्लाको सदरमुकाम सल्लेरीमा आफ्नै बाबुले छोराछोरीमाथि एसिड प्रहार गरि घाइते बनाएका छन्। सोलुदुधकुण्ड नगरपालिका–५ वसन्त बजारका करिब ५५ वर्षीय मोहन बराइलीले छोराछोरी माथि एसिड प्रहार गरि घाइते बनाएको सोलुखुम्बु प्रहरीले जनाएको छ।
सोमबार राति करिब ८:४० बजेको समयमा मादक पदार्थ सेवन गरेका बराइलीले २५ वर्षीय छोरा र १६ वर्षीया छोरी माथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।
प्रहरीका अनुसार एसिड प्रहार गर्ने बराईलीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ भने छोरा र छोरीको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ। छोरीको अवस्था सामान्य रहेको तर छोराको अवस्था गम्भिर रहेको बताइएको छ-थाहाखबरबाट
प्रतिकृया व्यक्त गर्नुहोस् ।