सपीङ कम्प्लेक्स निर्माणाथ व्यवसायीहरूलाई पसल टहरा हटाउन नगरपालिकाको अनुरोध

0
653

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिकाको राजस्व परामर्श समितिको बैठक आज मंगलबार सम्पन्न भएको छ ।

बैठकले वडा नम्बर १ को पथरी बजारस्थित नगरपालिका कार्यालयको स्वामित्व रहेको जग्गामा व्यापारिक प्रयोजनका लागि सपीङ कम्प्लेक्स निर्माण कार्य सुरु गर्ने निर्णय गरेको हो ।

हाल बजार क्षेत्रको टहरा रहेको स्थानमा नगरपालिकाले सपिङ कम्प्लेक्स भवन निर्माण गर्ने भएपछि व्यापारी तथा व्यवसायीहरूलाई ३५ दिने सूचना जारी गरी सो स्थान खाली गर्न पनि अनुरोध गरेको छ ।

नगर उपप्रमुख एवम् राजस्व परामर्श समिति संयोजक यमुना विष्ट वास्तोलाको अध्यक्षतामा सम्पन्न बैठकले अब निर्माण गरिने सपिङ कम्प्लेक्समा पहिलो प्राथमिकता हाल व्यपार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूलाई नै दिने निर्णय गर्दै उक्त निर्णय कार्यपालिकामा पेश गर्ने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here